बर्दिया,पौष १३(फरकसमाचार) / विद्युत तार सर्ट भई आगलागी हुँदा टिभि र घर कोठामा क्षति भएको छ । गुलरिया नगरपालिका–७ गुलरिया गाउँ सियाराम लोधको घरमा बिहीबार विद्युत सर्ट भई आगलागी भएको हो । आगलागी हुँदा टिभि रिसिभर, कपडा र घर कोठामा क्षति भएको छ ।
आगलागी भएको खबर पाउने बित्तिकै गुलरिया नगरपालिकाको दमकल घटना स्थलमा पठाएको गुलरिया नगरपालिका वडा नंम्बर ७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए । ‘दमकल, प्रहरी र स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिईयो’अध्यक्ष यादवले भने,‘जसले गर्दा धेरै क्षति हुन पाएन ।’
विद्युत तार सर्ट भई आगलागी भएको अध्यक्ष यादवले जनाए । टिभी पुर्ण रुपमा जलेको छ भने घर कोठामा सामान्य क्षति भएको अध्यक्ष यादवले जानकारी दिए ।