बर्दिया,पौष १५ (फरकसमाचार) /बर्दियाबाट वनभोजका लागि दाङ जादै गरेका यात्रु बोकेको बस दुर्घटना भएको छ । भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा बज आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एसपी रामबहादुर केसीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । बसमा करिब ४० जना सवार रहेको जनाईएको छ ।
घाइतेहरू बर्दियाको बढैयातालबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि गाका थिए ।