बर्दिया,पौष १६(फरकसमाचार) / घाँटीमा मासुको हड्डी अड्केर बालिकाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ तिलकनाकी ७ वर्षिय करिश्मा परियारको घाँटीमा मासुको हड्डी अड्केर आइतबार बिहान मृत्यु भएको हो ।
अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । राँगाको मासु खाने क्रममा घाँटीमा मासुको हड्डी अड्किएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले बताए ।
डिएसपी अर्यालका अनुसार बालिकालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याउदा साढे ११ बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरेको थिए ।