बर्दिया,पौष १७ (फरकसमाचार) / प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको अन्तिम दिन दर्शकहरु नाच्दा नाच्दै स्टेज अगाडि लगाएको तारबार भत्काएका छन् । महोत्सवको अन्तिम दिन सोमबार चर्चित मोडल डान्सर प्रिति पास्वान र गायक अर्जुन सापकोटाको प्रस्तुतीमा दर्शकले नाच्दा नाच्दै स्टेज अगाडि लगाएको तारबार भत्काएका हुन् ।
मोडल पास्वानको प्रस्तुती हेर्न महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिती थियो । पास्वान स्टेजमा ४ बजे पछि मात्र आएकी थिईन् । स्टेजमा पास्वानलाई देख्नसाथ दर्शकहरु उफ्रिन थालेका थिए । शान्तिपुर्वक बसेका दर्शकहरु उठेर उफ्रिन थालेपछि दर्शकहरुको बाक्लो भिडलाई समहाल्न नेपाल प्रहरीलाई हम्मे हम्मे परेको थियो । मोडल पास्वानको प्रस्तुतीमा दर्शकहरु झुमेर नाचेका थिए । नाच्दा नाच्दै दर्शकले तारबार भत्काएका थिए । पास्वानको प्रस्तुतीपछि गायक सापकोटाले दर्शकहरुलाई प्रस्तुतीमार्फत नचाएका थिए ।
महोत्सव लगाएर दश दिनसम्म भव्य र सफल रुपमा चलाउनु सहज नरहेको संघिय सांसद संजय कुमार गौतमले बताए । ‘महोत्सव लगाएर सहज रुपले संचालन गर्न सफल भएकोमा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेलगायत सम्पुर्ण पदाधिकारीलाई धन्यवाद छ’ सांसद गौतमले भने,‘जसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु मिलेर एकजुट भएर महोत्सव सफल रुपमा संचालन गर्न सफल भएका छन् ।’ त्यसैगरि बर्दियाको विकासका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने भनाई राखे ।
त्यसैगरि महोत्सव सफल रुपमा संचालन गरेकोमा संघिय सांसद गिता बस्नेतले उद्योग वाणिज्य संघका पदाधिकारीलाई शुभकामना दिएकी थिईन् ।
पौष ६ गते देखि १६ गतेसम्म महोत्सव संचालन भएको थियो । गुलरिया महोत्सव दश दिनसम्म दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सव दश दिनसम्म भव्य रुपमा संचालन भई एघारौं दिन सोमबार समापन भएको छ ।
समापन कार्यक्रममा महोत्सव अवधिभरि साथ र सहयोग गर्ने सम्पुर्णलाई उद्योग वाणिज्य संघ गुलरियाले मायाको चिनो दिएको छ । त्यसैगरि महोत्सवको उद्घाटनको दिन झाँकी र डान्स सिजनको विजेतालाई सम्मान पत्रसहित नगद पुरस्कार उपलब्ध गराएको छ ।