जन आवाज : ‘जब्दीघाटको पुल बन्नै पर्छ’
बुधबार, पुष १८, २०८० मा प्रकाशित

एक महिना भित्र अभियान थाल्ने दबाब (बडघर, दलका शुभचिन्तक र स्थानीय) समुहले चौरासीको चुनावसम्म जब्दीघाटको पुल पुनःनिर्माण नभए नो भोटको घोषणा गर्ने उद्घोष ।

बर्दिया,पौष १८ (फरकसमाचार) / गुलरिया र बारबर्दियाको विकास र समृद्धि जोड्ने मुख्य सेतुको रुपमा रहेको जब्दीघाट पुल लामो समय देखि पुनःनिर्माण नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेको छ । जब्दीघाट पुल भत्केको लामो समय बितिसक्दा पनि पुल पुनःनिर्माण नहुँनु सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । आउँदो २०८४ को चुनाव अघि यदि जब्दीघाट पुलको पुनःनिर्माण भएन भने स्थानीयले नो भोटको घोषणा गर्ने तयारीमा रहेको जब्दीघाट पुल पुनःनिर्माण जन अभियान समितिले खुलासा गरेको छ ।

जब्दीघाट पुल भत्केर गुलरिया र बारबर्दिया नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । बारबर्दियाका सर्वसाधारण सदरमुकाम गुलरिया आउँन घुमाउरो बाटो भएर वा घाट उत्राही नाउँमा आउँदा आर्थिक भार परेको छ । सदरमुकाम गुलरिया देखि पुर्वपश्चिम राजमार्ग जोड्ने सब भन्दा सिधा नजिक पर्ने बाटोको पुल पुनःनिर्माण नहुँदा सर्वसाधारण बिचल्लीमा परेका छन् । बारबर्दियामा भएको उत्पादन गुलरिया बजारसम्म पु¥याउन स्थानीयलाई कठिनाई भएको छ । त्यसैगरि जब्दीघाट पुल पुनःनिर्माण नहुँदा आवतजावत गर्ने किसान, व्यापारी, उद्यमी, पर्यटक, विद्यार्थी र बिरामीलगायत अन्य सर्वसाधारणलाई जिल्लाको सदरमुकामबाट बञ्चित गरेको छ ।

जब्दीघाट पुलको पुनःनिर्माण नहुँदा बिरामीलाई बर्दिया अस्पताल पु¥याउन समस्या रहेको बारबर्दिया नगरपालिका–११ जब्दीगाउँका रामप्रसाद थारुले बताए । ‘गुलरिया सदरमुकाम आउन घाट उत्राही वापत वर्षको १२ लम्बर धान तिहाई दिनुपर्छ’ उनले भने,‘दैनिक मजदुरी गर्ने व्यक्तिले १२ लम्बर धान कहाँबाट तिर्छ ।’ सरकारका मन्त्रीहरु आएर झुठो आश्वासन दिएर फर्केका छन् । सरकारले चडो भन्दा चडो पुलको पुनःनिर्माण हामी दुःखी गरिबको समस्या समाधान गर्न माग राखे ।

पुलको पुनःनिर्माण नहुँदा धेरै दुःख पाएको बारबर्दिया नगरपालिका–९ का जगराम थारुले सुनाए ।

जब्दीघाट पुलको पुनःनिर्माण नहुँदा घाट उत्राहीको ठेक्का लागेको जब्दीघाट पुल पुनःनिर्माण जन अभियानका पहलकर्ता दिनेश प्रसाद श्रेष्ठले बताए । ‘यस क्षेत्रका जनताले दुःख,कष्ट पाएका छन्’पहलकर्ता श्रेष्ठले भने,‘तिहाई र पटके शुल्क तिर्नुपर्छ ।’ पुल भत्केको लामो समय भईसक्दा सरकारले कानमा तेल हालेर बसेको छ । यदि आउँदो चुनाव अघि पुल बनेन भने यस क्षेत्रका जनताले भोट नदिने भनाई राखिरहेको सुनाए ।

बालबालिक र गर्भवती महिलाले ज्यान जोखिममा राखेर नाउँ तरेर आवत जावत गर्न बाध्य छन् । यति समस्या हुँदा पनि सरकारले हेरेन भने सरकार किन चाहियो । अब सरकारमा रहेका सम्पुर्ण पार्टी ज्ञापन पत्र बुझाउने तयारी भईरहेको छ । यदि सरकारले समयमै पुलको पुनः निर्माण गरेन भने जब्दीघाट पुल पुनःनिर्माण जनअभियान आन्दोलनमा उत्रिने पहलकर्ता श्रेष्ठले जानकारी दिए ।

उद्घाटन नभई भत्केको पुल कमसल रहेको स्थानीयको आरोप छ । गुलरिया नगरपालिका–४ बगही गाउँ र बारबर्दिया नगरपालिका–११ खुन्तिपुर जब्दीगाउँको बिचमा पर्ने जब्दीघाट पुल भत्केको लामो समय भईसक्दा पुननिर्माण नहुनु दुखद हो । २०७४ साल साउन २८ गतेको बाढीले भासिएको पुल २०७९ साल असोज २० गतेको बाढीले स्पाम बगाएर आवागमन बन्द भएको थियो ।

जब्दीघाट पुल निर्माणको माग गर्दै पुलमुनि गत बैशाखको अन्तिम साता देखि बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद संजय कुमार गौतम अनसन बसेका दिए । सांसद गौतमको अनसन तोडाउन आठौं दिनमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला आएर पुल बनाउने आश्वासन दिएर गए तर पुल बनेन् । कहाँसम्म जनताले मन्त्री तथा सरकारलाई विश्वास गर्ने । राज्यले पिडित जनतामा सरकार रहेको आभास गराउन नसक्नु दुखद कुरा हो । जब्दीघाटको पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय