बर्दिया,पौष १९ (फरकसमाचार) / बिद्युतिय तार सर्ट भई कपास गोदाममा आगलागी भएको छ । बाँसगढी नगरपालिका–९ माछागढ मोहनपुर स्थित रहेको राप्ती अर्डर एण्ड सप्लायर्सको कपास गोदाममा विद्युतिय तार सर्ट भई बुधबार आगलागी भएको हो ।
बुधबार बिहान साढे ५ बजे बिद्युत तार सर्ट भई गोदाममा आगलागी भएको थियो । आगलागी हुँदा ४० लाख ४० हजार बराबरको सामान जली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानविय क्षती भएको छैन ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । उनको अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।
अघिल्लो साता गुलरिया नगरपालिका–७ गुलरिया गाउँ सियाराम लोधको घरमा विद्युत सर्ट भई आगलागी भएको थियो । लोधको घरमा आगलागी भएर टिभि रिसिभर, कपडा र घर कोठामा क्षति पुगेको थियो ।