नेपालगंज–गुलरिया चारलेन सडकखण्डमा आधा दर्जन त्रुटी
बिहिबार, पुष १९, २०८० मा प्रकाशित

बर्दिया,पौष १९ (फरकसमाचार) / नेपालगंज देखि गुलरिया निर्माणधिन सडकखण्डको तिब्रता देखेर वाहवाही गर्ने धेरै भेटिन्छन् । शर्मा कम्पनीको गुडवेलले गर्दा आम सर्वसाधारण गुणस्तरिय र समय अगावै काम सक्नेमा आमसर्वसाधारण विश्वस्त देखिन्छन् । गुलरिया नेपालगंज सडक खण्डको काम शर्मा कम्पनीले तिब्रताका साथ काम गर्दै जादाँ सर्वसाधारणले खुट्याउँन सक्ने आधा दर्जन बढि भईरहेको त्रुटीको भने आलोचना भईरहेको छ ।

यतिबेला कलभर्ट निर्माणका साथ साथै बेश र शब बेशको काम पनि भईरहेको छ । यसअघि नाली बनाउँदा पिला ईटा प्रयोग गरेको गुनासो व्याप्त थियो । पटक पटक पिला ईटाको गुनासो हुलाकी आयोजनाको कार्यालयमा पुगेपछि कम्पनीले अब्बल ईटा प्रयोग गर्न शुरु गरेपछि गुनासोमा कमि आएको हो । यतिबेला सम्बन्धित कार्यालय र कम्पनीको अग्रसरतामा सडक निर्माणले तिब्रता पाएको खुसी साट्ने सर्वसाधारण भने निर्माण कम्पनीले गर्ने लापरबाहीको देखेर दुखी छन् ।

सार्वजनिक यातायात देखि निजि यातायातको चल्तीमा रहेको गुलरिया–नेपालगंज सडक खन्डमा डाईभर्सन नबनाएर काम शुरु गर्दा हिउँदको समयमा गाडी फस्ने जस्ता समस्या निर्माणधिन सडकमा देखिन थालेको छ । यहि कारण गन्तव्य पुग्न हिँडेका यात्रु अलपत्र पर्ने गरेको सुनिन्छ । नाली निर्माण सम्पन्न भएको मैनापोखर क्षेत्रमा सफा नगरी ढंकन लगाउँदा स्थानीयको तिब्र असुन्तुष्टि चुलिएको छ । शितलामा बजारमा निर्माण भएको नालाको पंखा निर्माणधिन अवस्थामा छुटिएको तस्विर सामाजिक संजालमा भाईरल बनेको छ । यस्तै निर्माणधिन सडकको फिलिङमा कम्पनीको चरम लापरबाहीको रहेको गुनासो छ ।

पूरानो पक्की सडकको अलकत्रा उप्काएर फिलिङ गर्दा गुणस्तर विकास निर्माणमा स्थानीयले प्रश्न चिन्ह खडा गरेका छन् । शर्मा कन्स्कट्रक्सनले पुल निर्माणको काम र सडक निर्माणको कामसँगै अघि बढाएको छ । सडक निर्माणसँगै भएको पुल निर्माण काममा समेत स्थानीयको आलोचना व्याप्त छ । हामीलाई प्राप्त जानकारीका अनुसार हसनपुरमा निर्माण भएको पुल उचाईमा समेत भारी हेरफेर गरिएको कम्पनीलाई आरोप छ ।

निर्माणधिन सडक खन्डका काममा त्रुटि औल्याएपनि निर्माणधिन अवस्थामा त्यस्तो देखिएकाले आरोप लागेको निर्माण कम्पनीका प्रतिनिधि बताउँछन् । ‘निर्माणको चरणमा भएकाले फिलिङमा पूरानो पिच उप्काएर गरिएको भनिएपनि त्यस्तो छैन’प्रतिनिधिले भने,‘भत्काउँन र बनाउँने काम एक साथ भएकाले फिलिङमा पूरानो पक्की बाटोको पिच उप्काएर प्रयोग गरेको कसैले अडकलबाजी गरेको हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय