जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली
बिहिबार, पुष १९, २०८० मा प्रकाशित

काठमाडौँ,पौष १९/भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा केहीबेर अघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री यादवसहितको टोली बाजागाजासहित जनकपुरको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि प्रस्थान गरेको हो।

गरगहना, चाँदीका भाडाकुडा, फलफूल, लत्ताकपडा, मिठाई, फलफूल, मिथिलाका पकवानसहित ११ सयभन्दा बढी कोसेली पठाउन लागिएको हो।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय