घुससहित पक्राउ परेका इप्रका मैनापोखरका सईविरूद्ध मुद्दा दायर
शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

बर्दिया,पौष २० / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरीक्षक(सई) पवन साउद विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले काठमाडौंस्थित विशेष अदालतमा सई पवन साउदविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत रहँदा साउदले लागु औषधको मुद्दामा सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए । ३० हजार घुससहित अख्तियारले गत मंसिर १२ गते सई साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरबाट पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) (ख) मा उल्लेखित कसुर गरेको देखिँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेषमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय