बर्दिया,पौष २२(फरकसमाचार) / नमस्ते प्रालीको इलेक्ट्रिक भ्यानको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर मृतक परिवारले शनिबार गुलरिया राजापुर सडक खण्ड केही बेर बन्द ग¥यो ।
पिडित परिवारले केही बेर सडक अबरुद्ध गरेपछि सम्झौताको लागि वार्ता छलफल भयो । तर, पिडित परिवार र नमस्ते प्रालीका पदाधिकारी बिच शनिबार गरिएको वार्ता निष्कर्ष बिहिन रह्यो । कारण पिडित परिवारले बढी क्षतिपुर्ती माग गर्दा कुरा नमिलेको आँकलन छ । यातायात व्यवसायीको ढाड सेक्नेगरि पिडित परिवारले क्षतिपुर्ती माग गर्दा शनिबार कुरा मिलेन ।
आइतबार फेरी वार्ता गरिने मधुवन नगरपालिका–३ का वडा अध्यक्ष नारायण मल्ले जानकारी दिए । ‘भ्यानको साहु वार्तामा नआउँदा कुरा मिलेन’अध्यक्ष मल्लले भने,‘पिडित पक्षले १५ लाख माग गरेका छन् ।’ तर,समितिका पदाधिकारीले छ लाख क्षतिपुर्ती उपलब्ध गराउने अडान लिएपछि कुरा मिलेन । आइतबार फेरी वार्ताको लागि बस्ने अध्यक्ष मल्लले जानकारी दिए ।
शुक्रबार गुलरियाबाट राजापुर तर्फ गइरहेको नमस्ते प्रालीको इलेक्ट्रिक भ्यानले साइकल यात्रीलाई ठक्कर दिएको थियो । भे १ ज १३३७ नम्बरको इलेक्ट्रिक भ्यानको ठक्करबाट साइकल यात्री मधुवन नगरपालिका–३ का ५४ वर्षिय नोके दमाईको मृत्यु भएको थियो । राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा उक्त भ्यानले ठक्कर दिँदा दमाईको मृत्यु भएको थियो । चालक र भ्यान नियन्त्रणमा रहेको डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।