राष्ट्रिय सभा निर्वाचनः काँग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता
सोमबार, पुष २३, २०८० मा प्रकाशित

काठमाडौँ,पौष २३/नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभा चुनावका लागि सिटौलाले विराटनगर पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौलाले राष्ट्रिय सभा चुनावमा टिकट पाएका हुन्। सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा काँग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेपछि सिटौला काँग्रसबाट परेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि मनोनयन दर्ता गराएकी छिन्।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय