प्रहरीले ग¥यो सार्बजनिक सुनवाइ
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,पौष २४/ जिल्ला प्रहरी कार्यालयको आयोजना र ईलाका प्रहरी कार्यालय मैनापोखरको समन्वयमा सार्बजनिक सुनवाइ कार्यक्रम बढैयाताल गाउँपालिका –२ जमुनि सितापुर सप्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधिर राज शाहीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख अतिथ्यमा सार्वजनिक कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

शान्ति सुरक्षा, चोरि तस्करी, भारतिय सिमा क्षेत्रबाट हुने अबैध गतिविधि, लागू औषध, मानव बेचबिखन लगायतका बिषय केन्द्रीत सार्बजनिक सुनवाइ कार्यक्रममा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ प्रमुख जिल्ला अधिकारी खरेल, प्रहरी उपरीक्षक शाही, शसत्र प्रहरी उपरीक्षक हर्कबहादुर शाही लगायतले दिएका थिए ।

कार्यक्रमका सहभागीहरूले सिमा क्षेत्रबाट हुने अबैध गतिबिधि नियन्त्रण हुन नसकेको सिमा क्षेत्रका भारतीय बजारहरु नेपाली युवाहरुको लागू औषध प्रयोगको ट्रान्जिट प्वाईन्ट भएको, चोरिका घटनाक्रम बढिरहेको जस्ता प्रश्नहरु गरेका थिए ।

प्रजिअ खरेललगायत सुरक्षा निकायका प्रमुखहरू आफुहरुले शान्ति सुरक्षा, चोरि निकासी नियन्त्रण, अबैध गतिविधि नियन्त्रण तथा लागुऔषध ओसार पसार र सेवन, मानव बेचबिखन नियन्त्रणको लागि आफुहरुले हरसम्भब प्रयास गर्न र आफु मातहतका निकायलाई अझ बढि जवाफदेही बनाउने बताएका छन् । सिमा क्षेत्रका छोटि भन्सार संचालनको लागि सम्बन्धित निकायमा पहल गर्ने जनाएका छन् । यस्ता गतिविधि नियन्त्रणको लागि जनस्तरबाट पनि प्रहरी प्रशासनलाई सहयोग गर्नु पर्ने सुझाएका छन् । सार्बजनिक सुनवाइ कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले गरेका थिए ।

सार्वजनिक कार्यक्रममा प्रजिअ खरेल,नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षकहरु, बढैयाताल गाउँ पालिका पुर्ब अध्यक्ष लाल बहादुर श्रेष्ठ, बढैयाताल गाउँ पालिका वार्ड नं. १ ,२ र ३ का वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, नागरिक समाजका सदस्य, नागरिक अगुवा र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय