बर्दिया,पौष २४(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–८ र वडा नंम्बर १० थारु पर्सिया स्थितबाट आइतबार प्रहरीले अबैध सामान बरामद गरको हो ।
प्रहरीका अनुसार प्लाष्टिकका सामान मुल्य रु २३ हजार ३ सय ६५ बराबर र मुल्य रु १ हजार ७ सय बराबरको सुर्तीजन्य पदार्थ बरामद भएको छ ।
प्रहरीले सामान बरामद गरि आवश्यक कारवाहीको लागि राजापुर भन्सार गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।