जब्दीघाटको पुल पुनःनिर्माणको दबाब दिँदै गुलरियामा चर्को प्रदर्शन
बुधबार, पुष २५, २०८० मा प्रकाशित

बर्दिया,पौष २५ (फरकसमाचार)/ जब्दीघाटको पुल पुनःनिर्माणको दबाब दिँदै गुलरियामा चर्को बिरोध प्रदर्शन गरिएको छ । लामो समय देखि भत्केको पुलको पुनःनिर्माण नहुँदा स्थानीयले मंगलबार गुलरियामा बिरोध प्रदर्शन गरेका हुन् । जिल्ला समन्वय समितिबाट निकालिएको विरोध ¥याली नाराबाजी गर्दै जिल्ला प्रशासन अगाडि पुगेको थियो । ‘क्षतिग्रस्त जब्दीघाट पुल चाँडै बनाउँ नत्र चुनावमा भोट माग्न आउँदै नआउँ, जब्दीघाट पुल नबनाउने पार्टी,नेता र सरकार मान्दैनौं, दुई वर्षभित्र पुल बनाई सक्नेलाई पराई ठान्दैनौं’ जस्ता विरोध ¥यालीका सहभागीले नारा लगाएका थिए ।

प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलमार्फत राष्ट्रपति, प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री, अर्थमन्त्री, सडक विभागका महानिर्देशक र पुल विभागलाई ज्ञापन पत्र बुझाएको जब्दीघाट पुल पुनःनिर्माण जन अभियानका पहलकर्ता दिनेश प्रसाद श्रेष्ठले बताए । ‘प्रजिअ खारेलमार्फत छिटो भन्दा छिटो पुल पुनःनिर्माणको लागि ज्ञापन पत्र बुझाएका छौं’ पहलकर्ता श्रेष्ठले भने,‘यदि पुल पुनःनिर्माण भएन, सरकारले बेवास्ता ग¥यो भने हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’ प्रजिअ खरेलले ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकायमा छिट्टै पठाउने प्रतिवद्धता जनाएको पहलकर्ताले श्रेष्ठले जानकारी दिए ।

गुलरिया र बारबर्दियाको विकास र समृद्धि जोड्ने मुख्य सेतुको रुपमा रहेको जब्दीघाट पुल लामो समय देखि पुनःनिर्माण नहुँदा सर्वसाधारणलाई कठिनाई भएको छ । बारबर्दियाका सर्वसाधारण सदरमुकाम गुलरिया आउँन घाट उत्राही तिर्नु पर्छ । बारबर्दियामा भएको उत्पादन गुलरिया बजारसम्म पु¥याउन स्थानीयलाई कठिनाई भएको छ ।

उद्घाटन नभई भत्केको पुल कमसल रहेको स्थानीयको आरोप छ । गुलरिया नगरपालिका–४ बगही गाउँ र बारबर्दिया नगरपालिका–११ खुन्तिपुर जब्दीगाउँको बिचमा पर्ने जब्दीघाट पुल भत्केको लामो समय भईसक्दा पुननिर्माण नहुनु दुखद रहेको सर्वसाधारणले टिप्पणी गर्छन् । २०७४ साल साउन २८ गतेको बाढीले भासिएको पुल २०७९ साल असोज २० गतेको बाढीले स्पाम बगाएर आवागमन बन्द भएको थियो ।

जब्दीघाट पुल निर्माणको माग गर्दै पुलमुनि गत बैशाखको अन्तिम साता देखि बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद संजय कुमार गौतम अनसन बसेका दिए । सांसद गौतमको अनसन तोडाउन आठौं दिनमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला आएर पुल बनाउने आश्वासन दिएर गएका थिए । तर पुलको पुनःनिर्माण भएको छैन । जब्दीघाटको पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय