गुलरियामा तीन दिने थारु सांस्कृतिक माघ महोत्सव हुने
बिहिबार, पुष २६, २०८० मा प्रकाशित

बर्दिया, पौष २६(फरकसमाचार)/ गुलरिया नगरपालिका–५ सुहेलवा थारु संग्राहलय खेलमैदानमा थारु सांस्कृतिक माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाको आयोजनामा थारु सांस्कृतिक माघ महोत्सव हुने भएको हो । माघ १ गते देखि ३ गतेसम्म महोत्सव संचालन हुने बुधबार पत्रकार सम्मेलन गरि जनाईएको छ । ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, साहित्य, कला संस्कृति बचैना हमार अभियान’भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिले महोत्सवको आयोजना गरेको छ ।

थारु संस्कृति र कलचर ओझेलमा पर्दै गएकोले थारु सांस्कृतिक महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाका सभापति बिर बहादुर चौधरीले बताए । ‘थारु संस्कृतिको मौलिकता संर्वद्धन, प्रर्वद्धन र संरक्षण गर्न महोत्सव सहयोग पु¥याउछ’सभापति चौधरीले भने,‘जिल्लामा लुकेर रहेका कला संस्कृतिको उजागार गर्ने र आन्तरिक पर्यटनलाई जोड दिने उदेश्यले ३ दिने महोत्सव आयोजना गरेका छौं ।’

गुलरिया नगरपालिका–५ सुहेलवामा रहेको थारु संग्राहलय धार्मिक स्थल रामबागमा महोत्सव संचलान हुनेछ । गैर नाफा मुलक महोत्सव रहेको जनाईएको छ । गुलरिया नगरपालिकाले संरक्षकको भुमिकामा छ भने अन्य पालिकाहरु सहयोग गरेको सभापति चौधरीले जानकारी दिए । तिन दिने महोत्सवमा टिकट नलाग्ने र स्टल राख्न पनि निशुल्कमा राख्न सकिने जनाईएको छ ।

महोत्सवको अनुमानित लागत १२ लाख रहेको थारु कल्याणकारिणी सभा केन्द्रिय उपमहामन्त्री मिनराज चौधरीले जानकारी दिए । महोत्सवमा थारु संस्कृति, झाँकी, स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय