शुक्रबार, पुष २७, २०८०
मा प्रकाशित
1677
Shares
बर्दिया,पौष २७(फरकसमाचार)/ आगलागी हुँदा जलेर घाईते भएकी महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षिय सोहनी थारुको बिहीबार उपचारको क्रममा मृत्यु भएको छ ।
बुधबार साढे तीन बजे सुत्ने कोठा तातो बनाउन महिलाले कोठामा आगो बालेकी थिईन् ।
बालिएको आगोले ओढेको ब्लाङकेट सल्केर आगलागी हुँदा जलेर महिला घाईते भएकी थिईन् । उपचारको लागि नेपालगंज लगिएको थियो ।