लागु औषधसहित एक पक्राउ
शुक्रबार, पुष २७, २०८० मा प्रकाशित

बर्दिया,पौष २७ (फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा चेक पोष्ट स्थितबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सीपुर उप–महानगरपालिका–६ स्थायी घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने २२ वर्षिय महेश परियार रहेका छन् ।

भारतको बलैगाउँ बजारबाट नेपाल तर्फ भे९प ५३४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई शंकास्पद रुपमा आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा परियारको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको जनाईएको छ ।

प्रहरीका अनुसार परियारको साथबाट २ ग्राम ५ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको छ । परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय