बर्दिया,पौष २७(फरकसमाचार)/ जंगली जनावर मृगको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१ छेदापुर स्थितबाट एक जनालाई मृगको मासुसहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको हो ।
प्रहरीले छेदापुर बस्ने ३२ वर्षका दिपचन्द्र कोरीलाई ३ किलो २ सय ग्राम मासुसहित पक्राउ गरेको छ । जंगली जनावर मृगको टाउको खुट्टा र मासुसहित कोरीलाई उनकै घर वतनबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो ३ बजे जंगली जनावरको शिकार गरि मासु ल्याउदै गरेको गोप्य सुचनाको आधारमा प्रहरीले कोरीलाई नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरी टोलीले कोरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार मासुसहित पक्राउ परेका कोरीलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ ।