बर्दिया,पौष २७(फरकसमाचार) / ३०२औं पृथ्वी जयन्ती एवंम् राष्ट्रिय एकता दिवसको अवसरमा गुलरियामा आयोजित कार्यक्रममा पृथ्वी जयन्तीमा सरकारले छुट्टि दिएर मात्र नपुग्ने संघिय सांसद संजय कुमार गौतमले बताएका छन् । गुलरिया नगरपालिका–८ पृथ्वी पार्कमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद गौतमले यस्तो बताएका हुन् ।
गत वर्ष देखि सरकारले पृथ्वी जयन्तीमा छुट्टि दिने गरेको सांसद गौतमले बताए । ‘सरकारले कन्जुस्याई गरेको छ’ सांसद गौतमले भने,‘छुट्टि दिएर मात्र पुग्दैन ।’ यसलाई राष्ट्रिय पर्वको रुपमा संस्थागत मनाउनु पर्छ । राष्ट्रिय पर्वलाई राज्यले मनाउनुपर्छ । यो नेपाली जनताको अधिकार हो । सहिद दिवस मनाउन र पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउन सरकारले कन्जुसी गर्ने अनि जनयुद्ध दिवसमा छुट्टि दिएर रमाउने । यो गलत छ । संघिय सांसदको हैसियतले यही मन्चबाट नेपाल सरकारसंग आग्रह गर्न चाहन्छु । आजको दिनलाई छुट्टि मात्र होइन, सरकारी स्तरबाट राष्ट्रिय पर्वको रुपमा मनाउन संस्थागत निर्याय होस् । राष्ट्रिय निर्मातलाई सम्मान गरियोस् अनि मात्र राष्ट्रियताको भावना आउने सांसद गौतमले सुनाए ।
आफु नेपाली काँग्रेसको नेता हुँ पृथ्वीनारायण शाहको लागि केही गर्दा पार्टीले केही भन्छ की भन्ने त्रास थियो । त्यहि त्रासको बिच आत्मबल बढाएर नयाँ काम गर्ने संकल्प गरे गुलरियामा पृथ्वी नारायण शाहको शालिक बनाउनु पर्छ । गुलरियामा राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको शालिक निर्माण गर्न सफल भएका छौं यसमा धेरै खुसी भएको सांसद गौतमले सुनाए ।
राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहले आफ्नो जीवनको लामो कालखण्डलाई लगाएर मुलुकलाई एकीकरण नगरेको भए सायद हामी नेपाली हुने थिएनौं संघिय सांसद संजय कुमार गौतमले बताए । ‘पृथ्वी नारायण शाह प्रति आदर सम्मान, श्रद्धासुमन अर्पण गर्न सकेनौ भने, हामी नेपाली हौं भन्ने गर्भ गर्नु निर्थक हुन जान्छ’सांघिय सांसद गौतमले भने,‘त्यस कारण सब भन्दा पहिला राष्ट्रिय नायक पृथ्वी नारायण शाह प्रति श्रद्धासुमन अर्पण गर्नुपर्छ ।’
पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरि माल्यार्पण गरी सम्मान प्रकट गरेका छन् । पहिला राजावादीहरुले मात्र पृथ्वी जयन्तीमा सक्रिय सहभागिता जनाउथे भने पछिल्लो समयमा सम्पुर्ण राजनीतिक दलका व्यक्तिहरु जयन्तीमा सक्रिय देखिन थालेको छ ।
शुक्रबार पृथ्वी जयन्ती मनाईएको नागरिक मुल समारोह समितिका अध्यक्ष कमल राज पौडेलले बताए । गुलरियामा पृथ्वी नारायण शाहको शालिक र पार्क नहुँदाको बखत बजारको कुनै चोकमा एउटा तस्विर राखेर जयन्ती मनाउने गरेको सुनाए । तर,लामो प्रयासले जग्गा दाता र सांघिय सांसद गौतमलगायतको सहयोगमा आज शालिक र पार्क निर्माण भएको छ । सहयोगी दाता र अभियानमा सघाँउने सबैलाई अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरेका छन् । यसलाई अझै सुन्दर पार्कको रुपमा बनाउन स्थानीय सरकारलाई आग्रहसमेत गरे ।