बर्दिया,माघ ०१(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर १७ स्थितबाट प्रहरीले एक जनालाई लागु औषधसहित शुक्रबार पक्राउ गरेको हो ।
बाँके बैजनाथ गाउँपालिका–३ स्थायी घर भई हाल बर्दिया मधुवन नगरपालिका–५ गाउँ नंम्बर ९ का २५ वर्षिय नरेश खप्तरीलाई प्रहरीले पक्राउ गरेको छ ।
खप्तरीको साथबाट १ ग्राम १० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । खप्तरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।