आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु
सोमबार, माघ ०१, २०८० मा प्रकाशित

बर्दिया,माघ ०१(फरकसमाचार)/ आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–४ बसन्ता भुल्लन चोककी ८७ वर्षिय चिन्की थरुनीको आइतबार मृत्यु भएको हो ।

थरुनीले आइतबार बिहान ३ बजे आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा आफैले लगाएको कपडाबाट आगो सल्केर शरिरमा लागलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा थरुनीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बुधबार सुत्ने कोठामा बालेको आगोले महिलाले आफैले ओढेको ब्याङकेटबाट आगो सल्केर आगलागी भई जलेर घाईते भएकी राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षिय सोहनी थारुको बिहीबार उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय