बर्दिया,माघ ३(फरकसमाचार) / बर्दिया जेसिजको बार्षिक साधारण सभा तथा पहिलो शाखा अधिबेसन भएसंगै बर्दिया जेसिजले पुर्णता पाएको छ । बर्दिया जेसिसको मंगलबार अधिवेसन भएको हो ।
अधिबेसनबाट रबि सिंह महतरा अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष तेजेन्द्र न्यौपाने र लक्ष्मण भण्डारी भएका छन् भने उपाध्यक्षमा खुमेश सुबेदी, देवराज ढुंगाना, माधब भट्टराई र टेकलाल चौधरी निर्वाचित भएका छन् । बर्दियामा यो संगै पहिलो पटक बर्दिया जेसिजले पुर्णता पाएको छ ।
जेसिज नेपाल युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास र उधमशिलता सिप विकास गर्नको लागि १८ देखि ४० बर्ष उमेर समुहको युवाहरुको गैर–नाफा मुखि स्वैच्छिक सदस्यतामा आधारित संस्थाको रुपमा स्थापित भएको हो ।
कार्यक्रममा नेपाल जेसिजका पुर्व अध्यक्ष चिरञ्जीवि शर्माले जेसिजको महत्व, पृष्ठभुमिका साथै जेसिजको भुमिका लगाएत विविध बिषयका बारेमा जानकारी गराएका थिए । त्यसका साथै कार्यक्रममा बर्दिया जेसिजका नवनिर्वाचित अध्यक्ष महतराले युवाहरुको व्यक्तित्व विकास, नेतृत्व विकासका साथै अन्य सामाजिक सरोकारका सवालमा आफु अग्रसर रहदै बर्दिया जेसिजलाई छुट्टै उचाईमा पुराउने प्रतिवद्धता जनाएका छन् ।