जिल्ला प्रहरी कार्यालय गुलरियामा लाउन्डरी कक्ष स्थापना
बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

बर्दिया,माघ ४(फरकसमाचार) / गुलरिया नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुलरियामा लाउन्डरी कक्षको स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयमा स्थापना भएको लाउन्डरी कक्षको बुधबार उद्घाटन भएको हो । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले वासिङ्ग मेसिन हस्तान्तरण तथा लाउन्डरी कक्षको उद्घाटन गरेका छन् ।

गुलरिया नगरपालिकाको सहयोगमा ३ थान वासिङ्ग मेसिन लाउन्डरी कक्षमा जडान गरिएको छ । यस अघि जिप्रका गुलरियामा लाउन्डरी कक्ष नहुँदा प्रहरी कर्मचारीहरुलाई लुगा धुन समस्या थियो । जिप्रकामा लाउन्डरी कक्ष स्थापनाले प्रहरी कर्मचारीहरुलाई सहज हुने विश्वास छ ।

लाउन्डरी कक्ष उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीलगायतको उपस्थिती रहेको डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय