भादा नदीमा महिलाको शव फेला
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

बर्दिया,माघ ९ (फरकसमाचार) / भादा नदीमा एक महिलाको शव फेला परेको छ । गुलरिया नगरपालिका–१० लटकनियाघाट स्थित भादा नदीमा डुबेको अवस्थामा महिलाको शव सोमबार फेला परेको हो ।

महिला डुबेको जानकारी पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा शव फेला जनाईएको छ । मृतक महिलाको नाम नखुलेको र उमेर अन्दाजी ५० वर्षको छ । प्रहरीका अनुसार महिला भारतको निशानगाडाकी हुन् ।

उनको मानसिक सन्तुलन ठिक नरहेको जनाईएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय