बारबर्दिया नगरपालिकाले थारु भाषालाई पाठ्यक्रममा समावेश गर्ने
बुधबार, माघ १०, २०८० मा प्रकाशित

बर्दिया, माघ १०(फरकसमाचार)/ बारबर्दिया नगरपालिकाले थारु भाषालाई पाठ्यक्रममा समावेश गर्ने र आरसी मेमोरियल अस्पताललाई नगर अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । बारबर्दिया नगरपालिकाले १४औं नगर सभाबाट सोमबार उक्त निर्णय गरेको हो ।

नगर सभामा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजी विद्यालयमा स्थानीय थारु भाषाको पाठ्यक्रमको सुरुवात गर्ने निर्णय गरिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताए । ‘नगर सभाबाट विद्यालयमा थारु भाषालाई पाठ्यक्रममा समावेश गर्ने गरि आएको प्रस्ताव सभाहलबाट हुबहु पारित भएको छ’ नगर प्रमुख थारुले भने,‘ नयाँ कक्षा सञ्चालनसंगै कक्षा १ देखि थारु भाषा अनिवार्य रुपमा विद्यालयमा पठनपाठन हुनेछ ।’

त्यसैगरि आरसी मेमोरियल अस्पतालको नाम परिवर्तन गरि बारबर्दिया नगर अस्पताल नामाकरण गर्ने प्रस्ताव आएको थियो । सो प्रस्ताव पनि सबैको समर्थनमा बारबर्दिया नगर अस्पताल रहने नगर प्रमुख थारुले जनाए ।

बारबर्दिया नगरपालिकाको १४औं नगर सभा सोमबार सम्पन्न भएको छ । नगर सभामा शिक्षा, स्वास्थ र पुर्वाधारलाई विशेष प्राथामिकतामा राखिएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय