विद्यालयको खानेपानी र सरसफाइको बारेमानीति बनाउँ छौँ : उप–प्रमुख चौधरी
बुधबार, माघ १०, २०८० मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया,माघ १०/ विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी नीति बनाएर अगाडी बढ्ने मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले बताएकी छन् । मधुवन नगरपालिकाले सबै भन्दा बढि शैक्षिक क्षेत्रमा लगानी गरेको बताउँदै विद्यालयको थप सुधारका लागि खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी नीति बनाएर लैजानु पर्ने बताईन् ।

बेस बर्दियाले मधुवन नगरपालिकामा आयोजना गरेको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीको आधार स्तम्भ र बाधा अड्चन विश्लेषण कार्यशालामा सो कुरा बताएकी हुन् ।

कार्यशालाको प्रमुख अतिथि उपप्रमुख चौधरीले विद्यालय स्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीलाई सुधार गरेर लैजाने सुनाईन् । विद्यालयलाई तारा घोषणा गर्ने विषयमा भर्खर मात्र थाहा भएको बताउँदै कार्यशाला गोष्ठिमा उठेका सवालहरुलाई नगरपालिकाले नीतिमा समेट्ने भनाई राखिन् ।

त्यसैगरी मधुवन नगरपालिका १ नं वडाका वडाध्यक्ष मिन बहादुर थापाले अधिकांश विद्यालयमा खानेपानी सरसफाइका भौतिक संरचना बनाउने र केही समय पछि त्यसलाई मर्मत संम्भार नगरी अर्को संरचना बनाउने गरिएको बताए । त्यसलाई रोकेर पुराना संरचनालाई मर्मत संम्भार गरेर त्यसलाई प्रयोग गर्ने नीति बनाउनु पर्ने जोड दिए ।

शुक्र माध्यमिक विद्यालयकी प्रधानाध्यापक एलिजा जिसीले विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको अवस्था सुधार हुँदै गएको बताईन् । नगरपालिकाले नीति तथा कार्यक्रम बनाएर नगरपालिकाका सम्पुर्ण विद्यालयलाई स्टारको लेवलमा पु¥याउनु पर्ने जनाईन् ।
राष्ट्रिय अपाङ्ग महासंघका संघिय सदस्य नेत्र सापकोटाले खानेपानी र सरसफाइका संरचना निर्माण गर्दा अपाङ्गता मैत्रि बनाउनु पर्नेमा जोड दिए । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ लागु भएको लामो समय वितेपनि अधिकांश विद्यालयमा कार्यविधिको मापदण्ड अनुसार नभएको उनले भनाई राखे ।

कार्यविधिमा विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मुल्यांङ्कन गरी स्तरीकरण गर्नका लागि सूचक तोकिएको छ । जसमा न्यूनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी संख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ ।

वाटरएड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास गेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतिक सहयोग गर्न लागेको हो । तिन ताराको स्तरमा विद्यालय बनाउनका लागि के कस्ता समस्या बाधा अड्चन रहेका छन् भन्ने पत्ता लगाउन गोष्ठिको आयोजना गरीएको कार्यक्रम संयोजक जगदिश चौधरीले बताए ।

यस अघि विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूसँग विद्यालयलाई खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा अब्बल बनाउनका लागि के कस्ता बाधा अड्चनहरूको छन् भने बेसलाइन सर्वे गरिएको थियो । सो बेसलाइन सर्वेमा धेरै बाधा अड्चनहरू देखा परेपछि नगरपालिका र सरोकारवालाहरुको सहभागितामा कार्यशालाको आयोजना गरीएको उनले जनाए ।

वास गेन्स परियोजना मधुवन नगरपालिकाका त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवा र शुक्र माध्यमिक विद्यालय तारातालमा लागु गरीएको छ । बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन, गुलारिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा परियोजना सञ्चालन छ ।
बेस बर्दियाका सहसचिव सोमलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका विभिन्न व्यक्तीत्व, शिक्षक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय