बर्दियामा जबरजस्ती करणी कसुरमा दुई पक्राउ
शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

बर्दिया,माघ १२(फरकसमाचार)/ नाबालिकालाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक जनालाई मंगलबार र एक जनालाई बिहीबार पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा रहेकोले प्रहरीले नियन्त्रणमा लिएको दुवै जनाको नाम खुलाएको छैन । माघ २ गते राति ११ बजे बढैयाताल गाउँपालिकाकी एक नाबालिकालाई बिहे गर्ने बहाना पारी सोही पालिकाका पुरुषले फकाएर भएका थिए । माघ २ गते देखि माघ ७ गतेसम्म पटक पटक जबरजस्ती करणी गर्ने गरेको खुलेपछि प्रहरीले गत मंगलबार एक जनालाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरि माघ ४ गते बाँसगढी नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीमा जानकारी आएपछि प्रहरीले खोजतलास गरिरहेको थियो ।

बढैयाताल गाउँपालिका–२ जमुनी स्थित लुकिछिपी बसेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय