सहकारीले रैथाने उत्पादन बिक्री शुरु ग¥यो
आइतबार, माघ १४, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ १४/ सहकारीले रैथाने उत्पादन बिक्री स्टलबाट बेच्न शुरु गरेको छ । बढैयाताल गाउँपालिका–५ जगतपुरमा रहेको मैगर कृषि सहकारी संस्थाले शनिबार देखि मैनापोखरमा रैथाने उत्पादनको बिक्रीको लागि शनिबारे हाटको सुरुवात गरेको हो ।

प्रत्येक शनिबारका दिन साढे ११ बजेबाट सहकारीले बढैयातालको सदरमुकाम मैनापोखर सिटिजन्स बैकको अगाडि आफ्नो बिक्री स्टल राखेको छ । लोपोन्मुख रैथाने कृषि उपजहरुको जगेर्ना र प्रचार प्रसार गर्ने उद्देश्यले यस प्रकारको साप्ताहिक हाटको सुरुवात गरिएको मैगर कृषि सहकारी संस्थाका अध्यक्ष किसनी कुमारी चौधरीले जानकारी दिईन् ।

यस स्टलमा विभिन्न प्रकारका लोपउन्मुख स्थानिय स्तरमा उत्पादन गरिएको बेतबासका सामाग्री, रैथाने अन्नबाली, गड्यौले मल, रैथाने जातका बिउबिजन, मह, घ्यू , थारु आलु, स्थानिय स्तरमा उत्पादित आर्गानिक तरकारी लगायतका चिजहरु राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर