जोखिम पुर्ण यात्रामा रहेकालाई माइती नेपालले उद्दार गर्दै
आइतबार, माघ १४, २०८० मा प्रकाशित

बर्दिया,माघ १४(फरकसमाचार)/ जोखिम पुर्ण यात्रामा रहेका महिला तथा बालबालिकालालाई माइती नेपालले उद्दार गरि आवधिक गृहमा प्रवेश गराउने र आवश्यक परामर्श प्रदान गर्दै आएको छ । जोखिम पुर्ण यात्रामा रहेकालाई माइती नेपालले सिमानाका लगायत ठाउँबाट उद्दार गर्दै आएको हो । माइती नेपाल बर्दियाले शुक्रबार आयोजना गरेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि संचारकर्मीसंगको अन्तरक्रियामा के कति काम गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

सन् २०२३ माजोखिम पुर्ण यात्रामा रहेका ३ सय ५ जनालाई उद्दार गरि आवधिक गृहमा प्रवेश गराएको र आवश्यक परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले तथ्यांक सार्वजनिक गरिन् । जसमा १८ वर्ष मुनिका २ सय १५ र १८ वर्ष माथिका ९० जना रहेका छन् । ३ सय ५ मध्ये २ सय १० जना बर्दिया जिल्लाको र बाँकी अन्य जिल्लाका रहेको तथ्यांक छ ।

त्यसैगरि ३ सय १२ जनालाई पारिवारिक पुर्नमिलन गराईएको जनाईएको छ । श्रम तथा यौन शोषणमा परेको एक जनालाई माइती नेपालले उद्दार गरेको छ । मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे बोर्डरबाट परामर्श दिई ५२ जनालाई घर फिर्ता गराएको जनाईएको छ । एक वर्षमा माइती नेपालमा खोजतलासको लागि ४७ वटा निवेदन परेको थियो जसमा ८ जना मात्र फेला परेको तथ्यांकले पुष्टि गरेको छ । ८२ वटा घरेलु हिंसाका घटना मध्ये ७८ वटा घटना माइती नेपालले समाधान गरेको छ ।

बेचबिखनको मुुद्दा दर्ता भएको एउटा केसलाई आवश्यक सहयोग तथा परामर्श गरेको जनाईएको छ । त्यसैगरि २८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएकालाई आवश्यक परामर्श दिएको माइती नेपाल बर्दियाकी प्रमुख रिमालले जनाईन् । उद्दार गरिएका महिला तथा बालबालिकालाई संरक्षण, स्वास्थ्य उपचार, कानुनी उपचार र सिप मुलक तालिम दिई आत्मनिर्भर बनाउँदै आएकोसमेत रिमालले जानकारी दिईन् ।

फ्रिअ गर्लको सहयोग माइती नेपाल बर्दियाको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा अन्तरक्रिय सम्पन्न भएको । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष ऐमनाथ घिमिरे, बर्दियाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको अन्तरक्रियामा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय