आइतबार, माघ १४, २०८०
मा प्रकाशित
1218
Shares
बर्दिया,माघ १४(फरकसमाचार)/ मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । राजापुर नगरपालिका–१० स्थित मझेरा जाने झोलेङ्गेपुलको तल शनिबार साढे १ बजे शव फेला परेको हो ।
मधुवन नगरपालिका–२ ओराली बजारका ३५ वर्षिय सरोज सुनारको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले चार जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्नेछ ।