पुस्तकालयले ग¥यो सरोकारवाला निकायसंग आन्तरक्रिया
मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ १६/ कालिका सामुदायिक पुस्तकालय बढैयाताल ८ कालिका पुस्तकालयले सुरक्षित आप्रवासन बैदेशिक रोजगार सम्बन्धि सचेतनाको लागि दिगो परियोजनाबाट संचालित बार्षिक कार्यक्रम बारे सरोकारवाला निकायसंग आन्तरक्रिया गरेको छ । बढैयाताल गाउँपालिका– ८ को सभाहलमा सोमबार बैठक तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो । पुस्तकालयको हालको अबस्था बारे पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जानकारी गराएका थिए ।

पुस्तकालयलाई निरन्तर दश बर्ष देखि कार्यक्रम दिदैं आएका रिड नेपालका कार्यक्रम अधिकृत साजन थापाले कार्यक्रमको उदेश्य र औचित्य बारे सहभागीहरूलाई प्रस्तुतीकरण गरि जानकारी गराएका थिए ।

पुस्तकालय संचालन गर्नको लागि आर्थिक अभाव रहेकोले स्थानिय सरकारले बजेट बिनियोजन गर्दा पुस्तकालयको लागि समेत बजेट बिनियोजन गर्नु पर्ने कुरामा सहभागीहरूले जोड दिएका थिए ।

सामुदायिक पुस्तकालयले आफ्नो वार्षिक कार्यक्रम बनाई जन अपेक्षा अनुरुप काम गर्न सकेमा गाउँपालिकाको निरन्तर सहयोग रहने बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आर्जुन सुवेदीले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालयका उपाध्यक्ष शोभा अधिकारीले गरेकी थिईन् भने कार्यक्रमको संचालन पुस्तकालयका सचिब सन्जय सापकोटाले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आर्जुन सुवेदी, रिड नेपालका कार्यक्रम अधिकृत साजन थापा, वडा नंम्बर ८ का अध्यक्ष तेजनाथ पौडेल, रिड नेपालका अजित राज शाक्य, अमृत पौडेल, पुस्तकालयका सस्थापक दिल्ली गौतम, हरि अधिकारी, टुक राज घिमिरे, बढैयाताल रोजगार साहायक भरत बिक, जनप्रतिनिधिलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय