बर्दिया,माघ १६/ बर्दिया मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवानको दुर्घटनामा परि मृत्यु भएको छ । प्रहरी जवान विकास डाँगीको दुर्घटनामा परि मृत्यु भएको हो ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पु¥याइएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी जवान डाँगी ड्युटीमा खटिएका थिए ।