अबैध काठ बरामद
मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित

बर्दिया,माघ १६(फरकसमाचार)/ बेवारिसे अवस्थामा राखिएको अबैध काठ प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–३ धनौरा स्थित तोरी बारीमा लुकाएर राखिएको अबैध काठ आइतबार बरामद भएको हो ।

मकैको ढोडले छोपी राखेको अवस्थामा २० दशमलव ६५ क्युफिट सिसौ जातको चिरान तथा गोलिया काठ बरामद भएको छ ।

बरामद काठ आवश्यक कारवाहीको लागि खाता सव डिभिजन वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय