बर्दिया,माघ १७(फरकसमाचार)/ भारतबाट भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–८ स्थितबाट मकैको बिउँ र गुलरिया नगरपालिका–१ कट्टी गाउँ नजिकबाट चिनी प्रहरीले सोमबार बरामद गरेको हो ।
बरामद सामान मुल्य रु २६ हजार बराबर रहेको प्रहरीले जनाएको छ । ८० किलोग्राम मकैको बिउँ मुल्य रु २० हजार र एक क्विन्टल चिनी मुल्य रु ६ हजार बराबर बरामद भएको छ ।
बरामद अबैध सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।