बर्दिया,माघ १७(फरकसमाचार)/ श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको ३३औं वार्षिक उत्सव तथा ३४औं स्थापना दिवसको अवसरमा बृहत खुल्ला रक्तदान गरिएको छ ।
गुलरिया नगरपालिकाको सहयोग, नेपाल रेडक्रस सोसाइटीको समन्वय र श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल लुम्बिनी प्रदेश जिल्ला समिति बर्दियाको आयोजनामा मंगलबार राधाकृष्ण चोकमा बृहत खुल्ला रक्तदान गरिएको हो । उक्त रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको श्री कृष्ण प्रणामी युवा परिषद् बर्दियाका अध्यक्ष हेमन्त थारुले बताए ।
‘१९ जनाले एक/एक पिन्ट रक्तदान गरेका छन्’अध्यक्ष थारुले भने,‘संकलन भएको १९ पिन्ट रगत रेडक्रस सोसाईटीद्वारा संचालित रक्त संकलन केन्द्रमा राखिनेछ ।’ अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक परे रगत उपलब्ध गराउने विश्वास व्यक्त गरे । रक्तदाता मध्ये अधिकांश श्री कृष्ण प्रणामी युवा परिषद् बर्दियाका र प्रारम्भिक समितिका सदस्यहरु रहेको अध्यक्ष थारुले जानकारी दिए ।