बर्दिया,माघ १७(फरकसमाचार)/ पूर्व–पश्चिम राजमार्गमा प्रबेश गर्नु अघि पहिलो सुरक्षाकर्मीको रम्बापुरबाट निस्कने अर्को व्यारियल सैनावर हो । निकुन्ज प्रशासनले पूर्ब पश्चिम राजमार्ग भित्रबाट आवागमन गर्दा निकुन्जका वन्यजन्तु सुरक्षाका लागि सवारी साधनको आवागमनमा निकुन्ज प्रशासनले टाईमकार्ड लागु गरेको छ ।
निकुन्ज क्षेत्रभित्र सवारी साधन हाक्दा प्रति घन्टा ४० किलोमिटर स्पिडको नियम बाध्यकारी छ । तर,रम्बापुर व्यारियलबाट सैनावर निस्कदा सवारी साधनका चालकको चलाखीले निकुन्ज प्रशासनको नियम लत्याउँने गरेका थिए । रम्बारपुर र सैनावर वा सैनावरबाट रम्बापुर निस्कदा विचमा पर्ने गाउँ जयनगर वा बबई पुल जाने भनेर झुट बोल्दा ईन्ट्रि गर्न बाध्यकारी थिएन ।
निकुन्ज क्षेत्र भित्र आवागनम गर्दा झुट बोल्ने वा छलेर हिड्ने परम्परागत चलनलाई सामाजिक संजालको प्रयोगबाट निकुन्जले धमाधम समाउँन थालेको छ । ह्रवाट्सअपमा पहिलो ईन्ट्रि भएको ठाउँमा फोटो खिच्ने र त्यहि फोटो अर्को व्यारियल पठाएर कारबाही गर्न सुरु गरेको छ । सार्वजनिक सवारी साधन बाहेक निजि सवारी साधनका चालकले रम्बापुरबाट सैनावर निस्किए पनि अन्य गाउँ जाने भनेर आवागमन गर्ने त्यस्ता सवारी साधनको चालकलाई निकुन्ज प्रशासनले नियन्त्रणमा लिने गरेको हो ।
ह्वाट्सअप मार्फत कैद भएका सवारी साधनको फोटो आदान प्रदान हुन सुरु भएपछि टाईम कार्डलाई लत्याएर विच भागमा पर्ने गाउँ जाने भनेर सुरक्षाकर्मीलाई छल्ने सवारी साधनका चालकले गर्ने चलाखी रोकिएको छ ।
निकुन्ज प्रशासनको सुरक्षाकर्मीलाई छलेर भाग्ने प्रबृति रहेको पाईएपछि रोक लगाउँन ह्रवाटस अपबाट शंकास्पद सवारी साधनको फोटो एक व्यारियलबाट अर्को व्यारियल आदान प्रदान गर्न सुरु गरिएको निकुन्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । ‘निकुन्ज भित्रका राजमार्ग भएर आवागमन गर्ने सवारी साधनको तीब्र गति हुँदा वन्यजन्तुको क्षति हुने जोखिम हुन्छ’उनले भने,‘निकुन्ज प्रशासनले तोकेको गतिमा आवागमन गर्ने गरी सवारी साधनबाट निकुन्ज भित्र हुने दुर्घटना न्यूनिकरण गर्न टाईमकार्ड लागु गरिएको छ ।’
रम्बापुर र सैनावर चेकपोष्टमा सुरक्षाकर्मीलाई छलेर आवागमन गर्ने प्रबृतिको अन्त्य भएको वाग्लेको भनाई छ । यसरी तीब्र गतिमा चलाएर वा निर्धारित समय भन्दा अघि वा पछि पुग्ने सवारी साधनलाई ५ सय देखि २ हजार पाँच सय सम्म जरिवाना गर्न सकिने प्राबधान रहेको उनले जानकारी दिए । उनका अनुसार भूलबस वा अन्जानमा नियम लत्याएर आवागमन गर्ने अधिकांश सवारी साधनलाई पाँच सय जरिवाना गरिएको छ ।