मार्च पासमा बिद्यालयले किन गर्छन् बढि लगानी
बिहिबार, माघ १८, २०८० मा प्रकाशित

बर्दिया,माघ १८(फरकसमाचार)/ यतिबेला राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताको मौसम छ । पालिका–पालिकामा बिभिन्न मितिमा रनिङशिल्ड उद्घाटन गर्ने मिति तोकिएको छ । जसरी रनिङशिल्डको मितिको तोकिएको छ त्यस्तै गरी प्रतिस्पर्धामा भाग लिने बिद्यालयले आफ्ना स–साना बालबालिकालाई मार्च पार्स गर्न जबरजस्त रटाईरहेको देखिएको छ । बिहान र साँझ छात्र र छात्रालाई यति अभ्यास गराईन्छ कि भबिष्य खोज्न मार्च पासको बिकल्प छैन । त्यस्ता मार्चपास गरिएको गतिबिधिको प्रर्दशन गर्न समाजमा बिद्धान मानिने शिक्षकको सामाजिक संजालमा तछाड मछाड देखिन्छ ।

मार्चपासकै लागि सेना र प्रहरीका प्रशिक्षक बोलाएर वा पूर्व सुरक्षाकर्मीलाई पारिश्रमिक दिएर लामो समय देखि गराईने अभ्यासले भबिष्यमा बालबालिकाले खेल क्षेत्र रोज्न सम्भव छ ? भबिष्यमा खेलाडी बन्ने आंकाक्षा बोकेका खेलाडि छात्र र छात्राको मेहनत वा उर्जाशिल समय उद्घाटन सत्र पछि समाप्त भईरहेको छ । बालबालिकाको भबिष्य जस्तो अतिसंबेदनशिल बिषयलाई समाजको आँखाले बिद्धान देख्ने शिक्षकले समयमा बुझन पर्ने पूर्व राष्ट्रिय खेलाडि सुझाउँछन् ।

बिद्यालयको सहभागितामा संचालन हुने छात्र र छात्रा विचको खेल प्रतिस्पर्धा ओझेलमा पार्दै स–साना बालबालिका सहभागि गराएर मार्च पासमा किन बिद्यालयले बढि लगानि गरिरहेको छ ? भन्ने प्रतिप्रश्नमा फुटबल संघका अध्यक्ष अजितराज भण्डारी भन्छन्,‘रनिङशिल्डमा प्रतिस्पर्धामा गर्ने बालबालिकाले खेल क्षेत्र रोज्न मार्च पास जस्तै गरी अन्य खेलमा अभ्यास सहितको सहभागिता गराउँन जरुरी छ ।’

रनिङशिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडी क्रमशः जिल्ला, क्षेत्र हुदै राष्ट्रिय खेलाडि समाबेश गर्ने अवसरको रुपमा रनिङशिल्ड प्रतियोगितालाई लिनु पर्ने उनको भनाई छ । एथलेक्टिस गेम लगायत छात्र र छात्रले खेल माध्यमबाट भबिष्य खोज्न सक्ने खेल प्रतियोगितालाई राज्यको लगानी खर्चेर होस वा प्रशिक्षक भित्राएर रनिङशिल्ड प्रतियोगिता शुरु हुनु भन्दा अघि देखि अभ्यास गराउँन पर्ने देखिएको अध्यक्ष तथा राष्ट्रिय खेलाडि भन्डारी सुझाउँछन् ।

दुई दिन अघि राजापुर नगरपालिका संचालन गरेको रनिङ शिल्ड प्रतियोगितामा बिशेष गरी सहभागि बिद्यालयले अन्य खेल भन्दा छात्र र छात्रालाई प्रमुख अतिथिलाई सलाम ठोक्न गरी स–साना बालबालिकालाई प्रयोग गरेको आलोचना खेपेको छ । राजापुर नगरपालिकाले उद्घाटन शत्रमा नाटकका रुपमा देशलाई चिनाउँने खेलाडिलाई राज्यले संरक्षण गर्न पर्ने गरी देखाईएको नाटकको उद्घाटनसर्तका दर्शक दिर्घाबाट प्रशंशा भयो ।

गुलरिया मेयरकप पाचौँ राष्ट्रपति रनिङशिल्ड तथा चौथो मेयर कप खेलकुद प्रतियोगिताको आज बिहिबार उद्घाटन हुने मिति तय भएको थियो । तर,वर्षातको कारण प्रतियोगिताको उद्घाटन स्थगित भएको जनाईएको छ । संघिय माननिय संजय गौतमले रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम थियो । ५८ वटा बिद्यालयको सहभागितामा शुरु हुने रनिङशिल्ड प्रतियोगिता तयारी पूरा भईसकेको आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताए । रनिङशिल्ड प्रतियोगिताको बजेट बारेमा आफु अनभिज्ञ रहेको संयोजक चौधरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय