एकल महिलालाई ठेलागाडा हस्तान्तरण
शुक्रबार, माघ १९, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ १९/ एकल महिलालाई ठेलागाडा हस्तान्तरण गरिएको छ । आय आर्जन गरेर जिबिकोपार्जनको लागि टेवा पुग्ने उद्देश्य एकल महिलालाई बिहीबार ठेलागाडा हस्तान्तरण गरिएको हो । बढैयाताल गाउँपालिका–६ मैनापोखरकी एकल महिला कल्ची थारुलाई जनजागरण महिला संघ सोरहवाले एउटा ठेलागाडा हस्तान्तरण छ । ठेला पाएपछि एकल महिला थारुले तरकारी बेच्न सुरु गरेकी छन् । ठेलामा तरकारी राखेर सहज तरिकाले बजारभरि तरकारी बेचेर आफ्नो जिबिकोपार्जन गर्न सक्ने विश्वास छ ।

एकल महिलाको छहारी भवनमा भएको एक कार्यक्रम बिच ठेलागाडा हस्तान्तरण गरिएको थियो । कस्तुरी एकल महिला समुहका अध्यक्ष भगनदैया थारुको सभापतित्वमा कार्यक्रम भएको थियोे । सिमान्तकृत किसान तथा एकल महिलाहरूको लागि जनजागरण महिला संघले हालसम्म गरेको कामको विवरण अध्यक्ष गोमा पौडेलले प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा बढैयाताल गाउँपालिका–६ का अध्यक्ष शुक्रराज सापकोटा, जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेल, मैनापोखरका बडघर भोदु प्रसाद चौधरी, मैनापोखर क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठि, बगदैला सामुदायिक बनका अध्यक्ष कालीचरण थारु, साझा सहकारीका अध्यक्ष हरिहर चौधरी लगायत एकल महिला समुहका सदस्यहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय