जेष्ठ नागरिकलाई फलफूल वितरण
मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित

बर्दिया,माघ २३(फरकसमाचार)/ २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले जेष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ । गुलरिया नगरपालिका–४ लक्ष्मीनारायण मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई सोमबार प्रेस चौतारीले फलफूल वितरण गरेको हो । लक्ष्मीनारायण मन्दिर तथा शाखा कोठियाघाट स्थित आश्रय लिएका १२ जना जेष्ठ नागरिकलाई फलफूल वितरण गरिएको छ ।

स्थापना दिवसको अवसरमा विगतका वर्षमा रक्तदान, वृक्षारोपण र सेवाश्रममा आश्रय लिएका अशक्तहरुलाई फलफुल र खाद्यन्न वितरण गर्दै आएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले बताए । ‘यस वर्ष स्थापना दिवसको अवसरमा लक्ष्मीनारायण मन्दिरका पुजारीसंग समन्वय गरि मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका छौं’अध्यक्ष सापकोटाले भने,‘व्यक्ति तथा संघ संस्थाले आफ्नो जन्म दिन र स्थापना दिवसको अवसरमा यसरी नै जेष्ठ नागरिकको आश्रममा गएर सहयोग गर्ने ट्रेन्ड बसाल्न खोजेका छौं ।’

आर्थिक हिसाबले रु चार हजारको फलफूल ठुलो सहयोग होइन । स्थापना दिवसको अवसरमा यस्ता किसिमको सहयोगको कार्यलाई निरन्तरता दिएका छौं । यस्ता कार्यले जेष्ठ नागरिकलाई आफ्नोपन र सम्मान मिल्ने अध्यक्ष सापकोटाले विश्वास व्यक्त गरे ।

पत्रकारको संगठनले मन्दिरमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेर सह्रानिय कार्य रहेको लक्ष्मीनारायण मन्दिरका महन्त प्रपन्नाचार्यले बताए ।

फलफूल वितरण कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सहसचिव विष्णु अधिकारी, नेकपा एमाले जिल्ला कमिटिकी सहसचिव टिका शम्शेली, प्रचार विभाग प्रमुख धर्मराज थापालगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय