मोफसलका पत्रकार चौहानको उचि उडान
मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित

फरकसमाचारकर्मीले मोफसलमा गरेको कर्मबाट लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको पचास हजार राशीको पुरस्कार थापे

बर्दिया,माघ २३(फरकसमाचार)/ पत्रकारितामा श्रृजनशिलतालाई महत्वपूर्ण कौशल मानिन्छ । त्यसपछिका धेरै बिधा छन्, हेडलाइन, डेटलाईन र भाषालाई जायज तरिकाले प्रयोग गरेर पठनिय समाचार बनाउँने कलाले समग्ररुपमा सृजनशिलताको व्याख्या गर्छ ।
यहि कौशललाई टेकेर गुलरिया नगरपालिका–८ सर्जु नदी टपरा बस्तीमा बस्ने फरकसमाचारकर्मी राम प्रसाद चौहानले जिल्लाका संचारकर्मीलाई उछिन्दै प्रदेश स्तरिय पचास हजार राशीको सम्मान सहितको श्रृजनशिलता पुरस्कार थाप्न सफल भए ।

आईतबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा प्रदेश स्थापना दिवसको भव्य अवसरमा मूख्य मन्त्री डिल्ली बहादुर चौधरीबाट पुरस्कार ग्रहण गर्दा एक मधेशी रिपोटर तथा फरक समाचारकर्मी राम प्रसाद चौहानको अनुहार चन्द्रमा झै चम्किलो देखिन्थ्यो । सम्मानकै क्रममा प्रदेश प्रमुख अमिक शेरचन, गृहमन्त्री सन्तोष कुमार पाण्डेयले टिका र दोसल्ला संयुक्त रुपमा ओढाईदिदा चौहान दंग छन् । प्रदेशले दिएको सम्मानले चौहान भावबिहल भएसँगै हौसला बुलन्द भएको उनले सुनाए ।

पत्रकारितालाई ईमान्दारिता र कर्तव्यसँग जोडेर अघि बढाएका उनले मधेशी समुदायबाट मेहनत गर्न सके कमजोर नभईने पनि पुरस्कार ग्रहण गर्ने बेलामा बढिरहेको आत्मबिश्वास प्रष्टै अनुहारमा झल्किन्थ्यो ।

गुुलरिया ८ का चौहान र मुख्य मन्त्री डिल्ली बहादुर चौधरीसँग यसअघि कार्यक्रममा समुहमा भेट भएपनि निजी भेट भएको थिएन । जिल्लाबाट श्रृजनशिलता पुरस्कार पाउँनेमा चौहानको नाम सार्वजनिक भएपछि मूख्य मन्त्री डिल्ली बहादुर चौधरीसँग पत्रकार चौहानको भेटको अनौठो संयोग जुरेको हो । चौहानले आईतवार विहान भेटगरी मूख्यमन्त्रीसँग चिनपरिचय गरे । मूख्य मन्त्री चौधरी र माननिय जन्मजय तिमिल्सेनासँगको फोटो कैद गरेर फेसबुकमा सेयर गरेका छन् ।

पुरस्कार थाप्ने अवसरमा मूख्य मन्त्री चौधरीसँग चिनपरिचय मात्र भएन कि समसामयिक राजनितिक बिषयमा कुराकानी गरेर भावनात्मक सम्बन्धका कुरा समेत दुई विच भएका छन् । कार्यक्रममा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बधाई दिदै भबिष्यमा पत्रकारितामा निखार ल्याउँन सुझाएको उनको मानसपटलमा बसेको छ ।

राजनितिक पृष्ठ भुमि बोकेका पत्रकार बाहेकका श्रमजिबि पत्रकारको आर्थीक अवस्था दैनिय हुँदा दैनिकि गुर्जान अति संर्घषशिल छ । जुन पत्रकारले यस्ता क्षण पार गरेर अबिछिन्न यात्रा गर्छ त्यसैले यो सम्मान ग्रहण गर्न बेला आउँने कुराको आज लुम्बिनी प्रदेश सरकाको गृह मन्त्रालयले सावित गरेको छ ।

दिनदिनै फरक समाचार दैनिक पत्रिका प्रकाशित गर्न पर्ने चटारो । सिमित स्रोत र साधन विच निस्किरहेको पत्रिकाले पाठकबर्गको ध्यान खिचिरहेको अवस्थामा नियमित पत्रिका प्रकाशित गर्न पर्ने अवसर छौप्न छ । व्यस्तताका विच पत्रिकामा नयाँ समाचार पस्कने ध्याउँन्नले पत्रकारको दैनिकि व्यस्त बनाएको छ । यस्तै यस्तै बेलामा लुम्बिनी प्रदेश स्तरिय पुरस्कार बर्दियाका फरक समाचारकर्मी चौहानले थापिरहेको खबर फैलिन्छ । बर्दियाबाट एक जना मधेशी पत्रकार चौहानको नाम देखिदाँ भने बिगतका पेचिला र दुःख बिसाएका भावना मेटाउँन पाउँन अवसरको रुपमा लिन चौहान अघि बढछन् ।

लुम्बिनी प्रदेशको गृह मन्त्रालयबाट आएको फोन पछ्याउँदै दाङ पुगेका चौहान पुरस्कार थापेर सोमबार कर्म गर्न फर्किसकेका छन् । पुरस्कार मात्र नभई जिवन संघर्षशिल मोडमा गृह मन्त्रालयले गरेको मूल्याकंन सह्रानिय भएको पत्रकार चौहानले बताए । ‘म एकदमै खुसी छु, सम्मानले पत्रकारिता प्रतिको आत्मविश्वास बढायो, यो जिम्मेवारीले भबिष्यमा पत्रकारितामा निखार ल्याउँने समेत बिश्वास दिलाउँन चाहन्छु’उनले भने,‘प्रदेश प्रमुख, मूख्यमन्त्री, गृहमन्त्री लगायतले पुरस्कार ग्रहण गर्ने बेलामा देखाएको आत्मियता मेरो मानसपटलमा सधैं जिबित रहने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय