बर्दिया,माघ २४ (फरकसमाचार)/ संघियतालाई बलियो बनाउने जिम्मेवारी नेपाली काँग्रेस हो भन्ने अभिब्यक्ति लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएका छन् । तीन तहको सरकारलाई एकआपसमा कसरी मिलाएर लैजाने, संघियतालाई एक पक्षले धरापमा पार्न खोजिरहेको छ । त्यो संघियतालाई हामीले जिवित राख्ने हो ।
यदि संघियता नभएको भए लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरी हुदैनथे होला र यो पार्टी समावेशी हुदैनथ्यो होला । यस पार्टीमा सबै समुदाय टोल बस्तीको नेतृत्व भएको छ । यो संघियतालाई मजबुत गराउने जिम्मेवारी काँग्रेसको छ । हामी एक ढिक्का भएर अघि बढ्न प्रमुख सचेतक तिमिल्सिनाले बिनम्र अनुरोध गरे ।
हामीबाट कमीकमजोरी हुन्छ । त्यसलाई सुधारेर हामी सबै आपसमा मिलेर अघि बढ्नु पर्छ । मेरो पनि कमजोरी छ । म जनप्रतिनिधि भएर प्रत्येकको घर घरमा जान सकेको छैन । तर विकासको काममा जन्मजय तिमिल्सिनाले केही गरेको छैन तपाईहरुले भन्न पाउनु हुन्न । कसैको घरको आगाडि बाटो ल्याउन सकेको छैन होला । तर, सामुहिक रुपमा २१ वटा क्षेत्रमा प्रदेशको सानो बजेटले प्रभाव पारेको दावी गरे ।
आफुले गरेको काम र अध्ययनबाट पिडा भएको मान्छेलाई मल्हम पट्टि लगाउने बुझेको छु तर, हामीले कोट्याउने काम गरिरहेका छौं । कोट्याउने कामले संगठन चल्दैन । देश दौडाहाले हिमाल, पहाड, तराई र मधेशलाई काँग्रेस समान रहेको सन्देश दियौ भने काँग्रेस पक्कै बलियो हुन्छ तर नेतृत्वलाई स्विकार्नु पर्ने सचेतकले भनाई राखे ।
समुदायमा कांग्रेस अभियान सन्दर्भमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाले आयोजित गरेको संवाद कार्यक्रममा सोमबार नेपाली कांग्रेस पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री विमलेन्द्र निधी, केन्द्रीय सदस्य डिला संग्रौला, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल र लुम्बिनी प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिना, नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाशसिंह राठौर, माननीय भुवनेश्वर चौधरी, जिल्ला समन्वय समित बर्दियाका प्रमुख, गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल चौधरी, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलक लम्साल, गुलरिया नगरपालिका उप–प्रमुख सावित्रा गौतम लगायतको उपस्थिती रहेको थियो ।