मार्चपासमा झुले गुलरियाका नगर प्रमुख यादब
बुधबार, माघ २४, २०८० मा प्रकाशित

बर्दिया, माघ २४(फरकसमाचार) / बेमौसमि बर्षाका कारण मिति सारिएको गुलरिया नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो मेयरकपको उद्घाटन सत्रले मंगलवार पूर्णता पाएको छ । मेयर कपको खेल प्रतिस्पर्धा स्थगन नगरिए पनि उद्घाटन सत्रमा आयोजना गरिएको मार्च पास लोभलाग्दो भएको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले प्रतिक्रिया दिएका छन् ।

परम्परागत रुपमा उद्घाटन सत्रमा बिद्यालयका छात्र र छात्राले दिईने सलामी अर्पण गरेका नगर प्रमुख यादवले आर्कषक मार्चपासको प्रस्तृति मन्त्रमुघ्न भएको धारणा व्यक्त गरे । बिद्यालयहरुलाई धन्यबाद दिदै छात्र र छात्राको उत्कृष्ट प्रर्दशन दिनभरि नै दर्शकदिर्घाबाट नियालेको उनको भनाई छ । उप–प्रमुख साबित्रा गौतम, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, लेखा अधिकृत रुपसिंह खत्रि लगायतले छात्र र छात्राले प्रस्तुत गरेको मार्चपास उत्सुकतासाथ नियालिएको दृश्यले खेलाडि उत्साहित देखिन्थे । मार्चपासको कार्यक्रम नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गरेका थिए ।

गुलरिया नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो मेयरकप खेलकुद प्रतियोगितामा मंगलबार पार्चपास प्रदर्शन गरिएको छ । नगरका सामुदायिक र संस्थागत गरि ५४ वटा विद्यालयले सानदार मार्च पास प्रदर्शन गरेका छन् । प्रावि ३१, निमावि ८, सामुदायिक मावि १० र संस्थागत मावि ५ मार्चपासमा सहभागिता जनाएका थिए ।

मार्चपासमा भेषभुषा र सस्कृतिलाई प्राथामिकता

मार्च पास प्रर्दशन गर्दा विभिन्न भेषभुषा र संस्कृति झल्किएको थियो । मार्च पास प्रर्दशनमा सहभागि भएका विभिन्न विद्यालयका विद्यार्थीहरु निकै खुसी र उत्साहित देखिएका थिए । आ–आफ्नो विद्यालयका पोसाक, स्थानीय भेषभुषासहित नेपालको झण्डा र हातमा बाँधेका झिलिमिलिले झन् आकर्षण थपेको थियो । मार्चपास प्रदर्शनले उपस्थित जो कोहीको ध्यान केन्द्रित गरेको थियो ।

त्यसैगरि मार्च पास पछि विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुत गरेका छन् । विद्यालय पोशाक र स्थानीय भेषभुषामा सजिएका मथुरा हरिद्वार आधारभूत विद्यालय कालाबन्जरका विद्यार्थीहरुले स्वदेश गानमा समावेशी पिटी प्रदर्शन गरेका थिए । स्मृति किन्डर गार्टेनका स–साना विद्यार्थीहरुले यो देश हाम्रो पनि होइन र भन्ने गितमा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरि जनज्योति मावि, बंगलामुखी मावि, महाकवि देवकोटा मावि, सनराइजका विद्यार्थीहरुले नृत्यमार्फत आफ्नो कला देखाएका थिए ।

यसैविच,मार्च पासमा सहभागि ३१ वटा प्रावि मध्ये शान्ति आधारभूत विद्यालय बालापुर प्रथम भएको छ । देउराली आधारभूत विद्यालय थपुवा दोस्रो र श्री बाल विद्या मन्दिर सुरजपुर तेस्रो भएको छ । निमाविको ८ वटा विद्यालयमा गणेश विद्या मन्दिर प्रथम भएको छ । कृष्णासार आधारभूत खैरी दोस्रो र गायत्री आधारभूत टेपरी तेस्रो हुन सफल भएको छ । सामुदायिक मावि १० वटा मध्ये श्री महाकवि देवकोटा मावि प्रथम भएको छ । बगलामुखी मावि दोस्रो र जानकी मावि सिरकोइया तेस्रो भएको छ । त्यसैगरि संस्थागत मावि ५ वटा मध्य जनज्योति सेकेन्डेरी बोडिङ्ग प्रथम भएको छ । लिटल हेभन दोस्रो र सनराइज बोडिङ्ग स्कूल तेस्रो भएको छ । मार्च पासको मुल्यांकन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधिले गरेका थिए ।

प्रतियोगिताको प्रतिस्पर्धाबाट राम्रो खेलाडी उत्पादन हुने विश्वास आयोजकले लिएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा मार्चपास, क्रिकेट, भलिबल, कबड्डी र एथलेटिक्स लगायतका खेल भएको आयोजक समितिका संयोजक च्यामुलाल चौधरीले बताए । ‘केही खेलहरु फाइनल भईसकेका छन्’संयोजक चौधरीले भने,‘फाइनल हुन बाँकी रहेका खेलहरु बुधबार हुनेछ ।’ बुधबार प्रतियोगिताको समापन हुनेछ । विभिन्न प्रतियोगितामा भाग लिई विजेता भएकालाई पुरस्कार वितरण गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय