बर्दियामा ३३ जना खोप कर्ता खटिए
आइतबार, माघ २८, २०८० मा प्रकाशित

बर्दिया,माघ २८(फरकसमाचार)/ एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरुमा देखिने रोग विरुद्धको खोप लगाउने उदेश्यले एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोप कर्ता खटाएको हो ।

खोप कर्ताहरु आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले बताए ।

‘पशुपंन्छी खोप कार्यक्रमको लागि ३३ जना खोप कर्ताहरुको नियुक्ती गरिएको छ’ प्रमुख ढकालले भने,‘खोप कर्ताहरु कार्य अवधि माघ २६ गते देखि असार मसान्तसम्म हुनेछ ।’ जेटिए, ग्रमिण पशु सेवा तालिम लिएका प्राविधिकहरुलाई नियुक्ती गरेका छौं । साथै आवश्यक सामाग्रीहरु कुल बक्स, निडल सिरिन्ज, गम्बुट, एप्रोन, ग्लोब र झोला उपलब्ध गराएको जनाए ।

चालु आर्थिक वर्षमा खोरेत रोग विरुद्ध ४५ हजार र लम्पि स्किन रोग विरुद्ध १६ हजार खोप लगाउने लक्ष्य रहेको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय