नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
आइतबार, माघ २८, २०८० मा प्रकाशित

काठमाडौँ,माघ २८/ नेपाल—भारतमैत्री युवा संघले जाजरकोटका भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ । नेपाल—भारतमैत्री युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको टोलीले जाजरकोट पुगेर राहत हस्तान्तरण गरेको हो ।

कांग्रेस सहमहामन्त्री समेत रहेका यादवको टोलीले नेपाल—भारत मैत्री युवा संघको तर्फबाट २५० बलाङकेट र २५० तिरपाल जाजरकोट जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

यादव नेतृत्वको टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, जाजरकोटका कार्यवाहक सभापति खड्ग सिंह, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी पनि सहभागी थिए ।

सहमहामन्त्री यादवले जाजरकोटको जेलमा रहेका कैदीलाई बलाङ्केट वितरण गरेको बताए । दोस्रो चरणमा भूकम्प प्रभावित रुकुम पश्चिममा राहत वितरण गरिने यादवले जानकारी दिए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर