बारबर्दिया नगरमा विकासको नयाँ स्वाद !
सोमबार, माघ २९, २०८० मा प्रकाशित

१५ सैयाको अस्पताल निर्माणमा तिब्रता, गरिबि निवारण कामको सुरुवात, साना सिचाई आयोजना संचालन,थारु भाषाको पाठ्यक्रम लागु, वडामा हेल्थ पोष्ट संचालन, साविक वडामा वर्थिङ सेवा सुरु, एम्बुलेन्स सेवा २४औ घन्टा उपलब्ध, शिक्षालाई प्राथामिकता,थानथेना–बैदि,पदनाहा–रम्बापुर सडक निर्माणमा तिब्रता, शिक्षक कर्मचारीको पारिश्रमिक सिधै खाता जाने प्रबन्ध, विकासमा ठूलो आयोजना तर्फ नगरको आर्कषण,कृषि र भेटनरिका भवनको मर्मत सम्भार, ठुलो योजना मध्य शित भण्डारको निर्माण प्रक्रिया सुरु ।

बर्दिया,माघ २९(फरकसमाचार)/ बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु धेरै कुरामा आफैमा सक्षम छन् । बोलिमा नरम कानुनको अक्षरस पालना गर्ने सक्ने खुबिमा सायद जिल्लाका नगर प्रमुख मध्यमा थारु उत्कृष्ट छन् । कानुन व्यवसायीको पृष्ठ भूमि बोकेका उनी निति नियम संगसगै लिएर हिड्न सक्ने सक्षम लिडरको ध्यान विकास तर्फ उन्मुख हुँदा विकासले बारबर्दियामा काचुलि फेरिरहेको छ ।
नगरपालिकाले नगर बासीलाई नयाँ स्वाद पस्कदा सर्वसाधारण मख्ख छन् ।

बाटा घाटा देखि अस्पताल निर्माणमा तिब्रता देखिएपछि सर्वसाधारण अघि विकास प्रेमि देखिएका नगर प्रमुखकै कारणले नगरपालिकामा धेरै नयाँ नयाँ आयाम थप्ने कामको सुरुवात भईरहेको छ । बारबर्दिया नगरपालिकाको चिनारीमा देखिएको विकासको छनकले सुबिधा सम्पन्न नगरपालिकाको अनुभुति गर्न थालेको स्वयम जनप्रतिनिधिले दाबी गर्न सक्ने भएका छन् । अस्पताल निर्माण देखि अन्तर नगर स्तरिय कामले विकास प्रेमी नगर प्रमुख थारु भनेर चिनिन थालेका हुन् । जनताको नगर प्रमुख बन्दा अत्याधिक जनसर्मथन साथ, सहयोग र सपोट एक साथ बढिरहेको उप–प्रमुख रत्ना पान्डेले खुलासा गरिन् ।

काम गर्ने धेरै र कम बोल्ने बानिले सफलता तर्फ उन्मुख भईरहेको नगर प्रमुख थारुको बिषयमा स्थानीयले प्रतिक्रिया दिन थालेका छन् । नगरपालिकामा पहिलो प्राथामिकता सडक निर्माणसँगै विस्तार परेको छ । नयाँ सडक मापदन्ड अनुसार निर्माण भएपनि पुराना सडक मापदन्ड भित्र ल्याउँन अभियान नै चलेको छ । यसमा सरकारी वा निजि संरचना सडक मापदन्ड भित्र परे भत्काएर कामलाई निरन्तरता दिईएको छ । नगरको विकास मुख्य मेरुदन्ड नै सडक विस्तार देखिन थालेको छ । त्यससँगै सरसफाई देखि अरु नियमिति गतिबिधिमा बारबर्दियाले फड्को मारेको छ । विकासको क्रम बढ्दै गईरहेको घटनाक्रमले विकास छनक देखिएको पुष्टि गरिरहेको छ ।

विकास निर्माणको काम गर्दा समस्या नहुने कुरै भएन । समस्याको समाधान खोज्दै अघि बढ्नुको विकल्ंप छैन । नगरको विकास संबाद, सहकार्यबाटै सम्भव भईरहेको नगर प्रमुखको भनाई छ । ‘स–साना समस्या नआउँने कुरै भएन । सहकार्य, संबाद र समन्वयले काममा धेरै समस्या आएको छैन’उनी भन्छन् । तर जब्दी घाटको पुल भत्कदा आमनगरबासीको दुःखमा नगर प्रमुख थारु चिन्तित छन् । पहिलो के हुन्थ्यो थाहा छैन । राजनिति दवावमा आउँनु भन्दा जनतालाई न्यान दिन नगर प्रमुखले खोजिरेहका छन् ।

नगरवासीको हितमा रहेर काम गर्ने भएकाले नगर प्रमुखको प्रशंसा हुन थालेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘विकास निर्माणको लागि नगर प्रमुखको प्रत्यक्ष रुपमा नगरवासीसँग हातेमालो गरिरहनु भएको छ’ । नगरवासीका लागी काम हुँदा नगर प्रमुखको सकारात्मक प्रतिक्रिया दिईरहेको उनले सुनाए । राईट टाईमा र राईट प्लेसमा काम भएकाले बिना अबरोधमा नगरपालिकाले चरणबद्ध रुपमा विकासको काम अघि बढाएको उनले जानकारी दिए ।

सवै राजनितिक दलका आ–आफ्नो ईच्छा हुन्छ । सवैले कायकर्तालाई फकाउँन बजेट लैजाने प्रयास गर्छन् । नगरको आवश्यक्ता प्राथामिकताको आधारमामा काम भईरहेको छ । आफू अनुकुल विकास खोज्ने दुःखी पनि हुन सक्ने न्यौपानेले अनुमान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर