मिडिया साक्षरता सम्बन्धि दुई दिने तालिम
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

बर्दिया,फागुन ०१ फरकसमाचार) / मिडिया साक्षरता सम्बन्धि दुई दिने तालिम गुलरियामा सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा मिडिया साक्षरता सम्बन्धि दुई दिने तालिम सुरु भएको हो । दुई दिने तालिम सोमबार र मंगलबार चल्ने छ ।

मिडियाका विभिन्न रुपका सामाग्रीहरु प्राप्त गर्न, मुल्यांकन गर्न र निर्माण गर्न जान्ने क्षमता मिडिया साक्षरता भएको सहायक प्रशिक्षक किरण कौशलले बताए । ‘त्यसबाहेक मिडियाका सामाग्रीका सन्देश बुझ्न सक्ने, त्यस्ता सन्देश किन दिईरहेको छ भनेर सोच्न सक्ने र त्यसबाट हामीलाई के प्रभाव पर्छ भनेर मुल्यांकन गर्न सक्ने सिप मिडिया साक्षरता हो’उनले भने ।

अहिलेको अवस्थामा संचारकर्मीले गाली खाईरहेको स्थिती सिर्जना भईरहेको छ । त्यसैगरि विभिन्न प्रलोभनमा परि संचारकर्मी, मिडिया दुरुपयोग र प्रयोग हुन सक्छन् । यस्ता विषयलाई मध्यनजर गरि संचारकर्मीलाई सुसुचित गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले मिडिया साक्षरता कार्यक्रम चलाएको छ । मुख्य प्रशिक्षक प्रकाश रिमाल र सहायक प्रशिक्षक किरण कौशलले तालिममा संचारकर्मीहरुलाई प्रशिक्षण दिएका छन् ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै संचारकर्मी लोभमा नपरेर पत्रकारिता गर्नुपर्ने लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरीले बताए । ‘संचारकर्मीसंग आम नागरिकले आशा गरेका हुन्छन्’सांसद चौधरीले भने,‘त्यसैले संचारकर्मी लोभमा नपरेर वास्तविक कुराको उजार गर्नुपर्छ ।’ रोकिएको संचार विधेयक कार्यान्वयको लागि आफुले सक्दो पहल गर्ने सांसद चौधरीले विश्वास व्यक्त गरे ।

यस साक्षरता कार्यक्रमले पत्रकारहरुमा निखारता ल्याउने नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद राजकुमार चौधरीले बताए । आगामी दिनमा पत्रकारहरुको क्षमता विकासको लागि आफुबाट हुने सहयोग गर्ने सांसद चौधरीको भनाई छ ।

प्रदेश स्तरीय मन्त्रालयहरुसंग समन्वय र सहकार्य गरि पत्रकारहरुको हकहितको काम गरिरहेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष शुक्ररिषि चौलागाईले बताए । ‘पत्रकार महासंघ लुम्बिनी प्रदेशले पत्रकारको विकासको लागि निरन्तर लडाई लडिरहेको छ’कार्यवाहक अध्यक्ष चौलागाईले भने,‘पत्रकार महासंघ लुम्बिनी प्रदेशको संस्थागत भवन निर्माण भएको छ ।’ त्यसैगरि पत्रकारहरुको क्षमता विकासको लागि तालिमहरु संचालन भईरहेका छन् र दुर्घटना बिमा गर्न सफल भएको कार्यवाहक अध्यक्ष चौलागाईले जनाए ।

मिडिया साक्षरता कार्यक्रमका सहभागिहरुलाई पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले स्वागत मन्तव्यले स्वागत गरेको थिए भने कार्यक्रम पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय