बर्दिया,फागुन ०१ (फरकसमाचार)/ आर्थिक स्थिती कमजोर रहेका छात्राहरुलाई रक्षा प्रतिष्ठान गुलरियाले छात्रवृत्ति वितरण गरेको छ । लालिगुराँस प्रतिष्ठान अमेरिकाको सहयोगमा रक्षा प्रतिष्ठानले २१ जना छात्राहरुलाई सोमबार छात्रवृत्ति वितरण गरेको हो । चार वटा पालिकाका २१ वटा विद्यालयका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
गुलरिया, बारबर्दिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका २१ जना छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १२ मा अध्ययनरत आर्थिक स्थित कमजोर रहेका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको जनाईएको छ । छात्राहरुलाई चेक मार्फत छात्रवृत्ति हस्तान्तरण गरिएको छ । छात्रवृत्ति पाएका छात्राहरु खुसि देखिएका थिए ।
५ वर्ष अघि संघिय सांसद संजय कुमार गौतमकी स्व.आमाको नामले स्थापना भई सामाजिक कार्यमा अग्रसर रहेको नेपाल शिक्षक संघका केन्द्रिय अर्जुन तिवारीले बताए ।
२१ जना छात्राहरुलाई छात्रवृत्तिको रुपमा रु २ लाख ६७ हजार ३ सय वितरण गरिएको रक्षा प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुधांशु प्रकाश शर्माले जानकारी दिए ।
राजनीतिक आग्रह पुर्वग्रहबाट टाढा राखेर आमाको नाममा ट्रष्टको स्थापना गरेको संघिय सांसद संजय कुमार गौतमले बताए । ‘स्थापना गरेको ट्रष्टबाट शिक्षा र स्वास्थ्यमा विशेष महत्व दिने उदेश्यका अघि बढेका छौं’संघिय सांसद गौतमले भने,‘निकट भविष्यमा यसलाई एउटा संस्थागत स्वरुप दिने सोचमा छौं ।’ आगामी दिनमा विभिन्न निकायसंग समन्वय गरि दुःखी र गरिब जसको राज्यसम्म पहुँच छैन त्यस्तालाई ट्रष्टको माध्यमबाट सेवा पु¥याउने विश्वास दिलाए । छात्रवृत्ति हस्तान्तर गर्दै छात्राहरु राम्रोसंग अध्ययन गर्न संघिय सांसद गौतमले अनुरोध गरे ।
रक्षा प्रतिष्ठानले आर्थिक स्थिती कमजोर रहेका छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराएर सह्रानिय कार्य गरेको भन्दै वक्ताहरुले खुलेर प्रशंसा गरेका थिए । छात्रवृत्ति वितरण कार्यक्रममा संघिय सांसद संजय कुमार गौतम, लुम्बिनी प्रदेश सांसद भुनेश्वर चौधरी, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, बारबर्दियाका नगर प्रमुख छविलाल थारु,उप–प्रमुख रत्ना कुमारी पाण्डे, सहायक प्रजिअ रोशन कुमार कठायत, रक्षा प्रतिष्ठानका पदाधिकारी, नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावललगायत विद्यलायका प्रधानाध्यापक र छात्रवृत्ति पाउने छात्राहरुको सहभागिता रहेको थियो ।