बर्दिया,फागुन २ (फरकसमाचार)/ नेपालमै काम पाउने व्यवहारिक शिक्षा विद्यार्थीलाई प्रदान गर्नु पर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन् । जसले गर्दा स्वदेश वा विदेशमा उचित पारिश्रमिक पाउन मुख्यमन्त्री चौधरीको जिकिर छ । श्री गुराँस नमूना माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्य मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
यस विद्यालयले प्राविधिक शिक्षाको सुरुवात गरेको छ,मलाई धेरै खुसी लागेको मुख्यमन्त्री चौधरीले बताए । ‘अब शिक्षालाई काम लाग्ने शिक्षासंग जोड्नुपर्छ’ मुख्यमन्त्री चौधरीले भने,‘शिक्षा प्रदान गरेर खाडी मुलुक मात्र पठाउने होइन ।’ अब नेपालमै काम पाउँने किसिमको शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेश सरकार तपाईहरुको साथमा छ ।
यस विद्यालयमा साईन्स बन्द भएको मेयर सापले भन्नु भएको छ । म मेयर सापलाई अनुरोध गर्छु । त्यसको कस्ट निकालेर पठाउनुस्, आगामी वर्षबाट सुरुवात गर्ने मुख्यमन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरे । यस विद्यालयको निर्माणधिन अधुरो भवनलाई पुरा गर्न प्रदेश सरकारले सहयोग गर्छ । बर्दिया जिल्लामा अनेक जातजातिको बसोबास छ । हामीले आफ्नो सस्कृतिलाई बचाउने र अरुको संस्कृतिलाई सम्मान गरेर मात्र अघि बढ्न सक्ने मुख्यमन्त्री चौधरीले भनाई राखे ।
यहाँका महिला दिदीबहिनी र युवाहरुलाई कसरी मासिक ३० देखि ४० हजार कमाउन बनाउने लुम्बिनी प्रदेशलाई ठुलो चिन्ता छ । कर्णालीको पानी गेरुवामा केही दिनमै ल्याउन गरि काम अघि बढेको छ । केन्द्रसंग मिलेर ठुलो बजेटको सडक निर्माणको प्रक्रिया अघि सरेको छ । अब सानो विकास मात्र होइन ठुलो विकास पनि हुने मुख्यमन्त्री चौधरीले विश्वास दिलाए ।
हामीले एक अर्कालाई आरोप प्रत्यारोप लगाउने काम गर्दा मधुवनको विकास कसले गर्ने लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिनाले बताए । ‘आरोप प्रत्यारोपले मधुवनलाई समृद्धिशाली कसरी बनाउने, बनाउन सक्ने सम्भवना रहदैन’सांसद तिमिल्सिेनाले भने,‘त्यसकार राम्रो सपना देख्नुपर्छ मलाई लाग्दछ ।’ विद्यालयलाई अघि बढाउन सबैले सकारात्मक सोचका साथ सहयोग गर्नुपर्छ । विद्यालय स्थापना गर्ने व्यक्तित्वहरुलाई स्मरण गर्दै उहाँहरुले विद्यालय स्थापना गरेर राम्रो काम गरेर जानु भएको छ । राम्रो काम गर्ने व्यक्तिहरुको नाम जिवित रहन्छ ।
यस विद्यालयमा सामान्य अभिभावकहरुको छोराछोरी अध्ययन गरिरहेको सांसद तिमिल्सिनाले बताए । ‘अभिभावकहरुको सपना सकार गर्ने पहिलो दायित्व विद्यार्थी भाईबहिनीहरुको हो’सांसद तिमिल्सिनाले भने,‘मेरो छोराछोरीले राम्रोसंग पढेर अघि बढोस्, भन्ने विश्वासले छोराछोरीलाई विद्यालय पठाउँछन् ।’ तर, पढाईको स्तर के छ त्यो अभिभावकले कहिले परिक्षण गरेका छैनन् । त्यसैले आफ्नो बच्चाहरुको पढाईको बारेमा विद्यालय र शिक्षकसंग चासो राख्न प्रदेश सांसद तिमिल्सिनाले अनुरोध गरे ।
गुराँस माध्यमिक विद्यालयका शिक्षक सम्मानित
५४औं वार्षिकोत्सवमा गुराँस माध्यमिक विद्यालयले उत्कृष्ट शिक्षकहरू तथा विद्यालयलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा विगत २० बर्ष देखि यस गुराँस माध्यमिक विद्यालय अध्यापन गराईरहेका शिक्षकहरू मध्य अंग्रेजी शिक्षक प्रकाश शर्मालाई २०७९ को उत्कृष्ट बर्ष शिक्षकबाट सम्मानित गरेको छ ।
त्यसैगरि अन्य शिक्षकहरू राजु रावत, वाईवी केसी, बिष्णु अधिकारी र रामबहादुर बोगटीलगायत सम्मानित भएका छन् । मधुवन नगरपालिका–६ सानोश्री स्थित रहेको विद्यालयमा करिब एक हजार ४ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा १ देखि १२ सम्म एक हजार ३ सय र प्राविधिक तर्फ १ सय ४४ विद्यार्थी अध्ययनरत रहेको मावि अंग्रेजी विषयका शिक्षक वाइवि केसीले जानकारी दिए ।