बर्दिया प्रहरी प्रमुखमा धिताल र दाहाल आउँदै
बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित

बर्दिया, फागुन ३ (फरकसमाचार)/नेपाल प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक प्रबिण धिताल र सशस्त्र प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक चित्राङत दाहाल आउँने भएका छन् । बर्दियाका नेपाल प्रहरी उपरीक्षक सुधिर राज शाही र सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाहीको सरुवा भएपछि नयाँ प्रहरी प्रमुखमा धिताल र दाहाल आउने भएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजना शाखाबाट धिताल र ९ नंम्बर पशुपति बाहिनी काठमाडौंबाट दाहाल सरुवा भएर बर्दिया आउन लागेका छन् ।

त्यसैगरि बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीको केन्द्रिय अनुसन्धान व्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण,अभिलेख व्यवस्थापन शाखा महाराजगंज काठमाडौं र सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाहीको सुर्खेत बाहिनीमा सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको फागुन १ गतेको निर्णय अनुसार फागुन महिना देखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरि सशस्त्र प्रहरी उपरीक्षक शाहीको अघिल्लो साता सरुवा भएको थियो ।
नयाँ सशस्त्र प्रहरी उपरीक्षक दाहाल आइतबारसम्म आउने सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ बर्दियाका डिएसपी जंग बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय