खाता क्षेत्रका पिडितका लागि विमा कार्यक्रम संचालन गर्ने : लुम्बिनी प्रदेश सांसद तिमिल्सिना
आइतबार, फागुन ०६, २०८० मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया,फागुन ६/ लुम्बिनी प्रदेश सरकार द्वारा खाता क्षेत्रका पिडितका लागि बिमा कार्यक्रम संचालन गर्ने भएको छ । डिभिजन वन कार्यालय द्वारा शनिबार आयोजित समन्वय बैठक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको पिडितसंग जनता कार्यक्रम अन्तर्गत विमा योजनाको सुरुवात गर्न लागिएको लुम्बिनी प्रदेश सांसद तथा लुम्बिनी प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले बताएका हुन् ।

मधुवन नगरपालिका –१ र ३ मा विमा कार्यक्रम संचालन हुने भएको छ । विमा कार्यक्रमबाट वन्यजन्तु पीडितले पाउने क्षतिपूर्ति रकम राहत हुने प्रदेश सांसद तिमिल्सिनाले जनाएका छन् ।

वन्यजन्तुबाट पिडितलाई खाता कोरिडोर क्षेत्रका परिवारलाई करिब २० लाख बराबरको विमा गर्ने गरि तैयारी रहेको डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख वन अधिकृत टंक गुरुङले बताए ।

पिडितको विमा गर्नु राम्रो पक्ष रहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । साथै विमा एउटा राहत मात्र रहेकोले स्थायी रुपमै मानव वन्यजन्तु द्वन्द नहुने योजना तिर ध्यान केन्द्रित हुनु पर्ने नगर प्रमुख भाटले भनाई राखे ।

हाल विभिन्न संघ संस्थाबाट सहयोगमा करिब रु ४ हजार ६ सय ८२ घर लघु विमा गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए । मानव वन्यजन्तु सहअस्तित्वका लागि विमा गरेपछि वन्यजन्तुबाट क्षति भएपछि पिडित परिवार विमामा जाने गरेकोले विमाले स्थानीयमा राम्रो प्रभाव पारेको अध्यक्ष गुरुङ्गले जनाए ।

कार्यक्रममा मधुवन नगरपालिका– १, २, ३ र ४ का अध्यक्षहरुका साथ डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत द्रोणराज शर्मा, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहाल र लुम्बिनी प्रदेश वन मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय